अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदमुक्त भएको तेस्रो दिनमै ओली प्रधानमन्त्री नियुक्त

पदमुक्त भएको तेस्रो दिनमै ओली प्रधानमन्त्री नियुक्त


काठमाडौं– विश्वासको मत अस्वीकृत भएपछि पदमुक्त हुनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुत्तः हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको नेकपा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

सपथ ग्रहण भने भोलि शुक्रबार दिउँसो साढे २ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उहाँ पदमुक्त भएका थिए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई तीन दिनभित्र दिएको समयसीमामा कसैको पनि दाबी नपरेपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओली प्रधानमन्त्री हुनुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा बढी सदस्य भएको दलको हैसियतमा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरेको छ ।