काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण आज दिउँसो साढे २ बजे हुने भएको छ ।
संसदमा रहेको ठूलो दलको नेताको हैसियतमा बिहीबार राति प्रधानमन्त्रीका नियुक्त हुनुभएका ओली मुलुकको ४२औं प्रधानमन्त्री हुनुहुन्छ । राष्ट्रत कार्यालय शितल निवासले दिएको जानकारी अनुसार दिउँसो साढे २ बजे उहाँको सपथ ग्रहणको कार्यक्रम छ ।
आफूले सपथ लिए लगत्तै प्रधानमन्त्रीले केही मन्त्रीहरु नियुक्त गर्ने सम्भावना छ । स्वास्थ्य, अर्थ, गृह, भौतिक पूर्वाधार मन्त्रालयमा आजै मन्त्री नियुक्त गर्ने तयारी प्रधानमन्त्रीको छ ।
नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टी र सरकारका कामका बारेमा निर्णय लिने जिम्मा प्रधानमन्त्री ओलीलाई दिने निर्णय गरेको छ ।
प्रतिक्रिया