अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमल थापाको शुभेच्छा– ‘एमाले कमजोर हुनुहुन्न’

कमल थापाको शुभेच्छा– ‘एमाले कमजोर हुनुहुन्न’


काठमाडौं– विभाजनको संघारमा पुगेको नेकपा एमाले पुनर्मिलन भएकोमा राप्रपा अध्यक्ष कमल थापाले खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘२०७४ मा देशीविदेशी शक्तिले राप्रपा फुटाई दिए,परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भयो।हामी विस्तारै उठ्दै छौँ। फुटको डिलबाट एमाले फर्केको छ। पार्टी एकता कायम राख्नोस्। नाम र काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल हो। यो शक्ति कमजोर हुनुहुन्न।’