अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सपथ ग्रहणपछि प्रधानमन्त्रीको पहिलो कार्यक्रम : गोदावरीको सनराईज हल उद्घाटन गर्ने

सपथ ग्रहणपछि प्रधानमन्त्रीको पहिलो कार्यक्रम : गोदावरीको सनराईज हल उद्घाटन गर्ने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहण लगत्तै ललितपुरको गोदावरीमा निर्माण भएको सनराईज सम्मेलन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ ।
शहरी विकास मन्त्रालयले आज बिहान ११ बजेलाई उद्घाटनको कार्यक्रम तय गरेको भए पनि साढे २ बजे प्रधानमन्त्रीको सपथ ग्रहण भएकोले ४ बजेलाई सारिएको जनाएको छ ।
यो सम्मेलन केन्द्रमा ३ हजार जना अटाउने क्षमता छ । गतबर्षको चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुुनु पर्ने सभाहल कोरोनाका कारण पछि धकेलिएको हो । पार्किङ र अन्य सुविधा सहित करिब ४३ रोपनी क्षेत्रफल रहेको सभाहलको निर्माण लागत करिब ८१ करोड रुपैंया रहेको छ ।