काठमाडौं -नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालका बीच सहमती हुनु एमालेको जीवनमा महत्वपूर्ण घटना भएको बताउनुभएको छ ।
आज फेसबुक पेजमा लेख्दै नेता गौतमले यस घटनाले आफू खुशी भएको पनि बताउनुभएको छ । ‘पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना पनि दिन चाहन्छु ’ नेता गौतमले लेख्नुभएको छ ।
नेता गौतमले यो सहमतीलाई प्रारम्भिक संवादको रुपमा अर्थ लगाउनुभएको छ ।
प्रतिक्रिया