अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले लिनुभयो पद तथा गोपनियताको शपथ

प्रधानमन्त्रीले लिनुभयो पद तथा गोपनियताको शपथ


काठमाडौं- प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।

तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको हो ।

यसअघि बिहीबार राति राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

बिहीबार राति ९ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिइएकामा समयसीमाभित्र कसैले पनि त्यस्तो दावी पेश गर्न नसकेपछि राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।