अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजका चुनौती र भोलीका अभिभारा पुरा गर्न सरकारकले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री ओली

आजका चुनौती र भोलीका अभिभारा पुरा गर्न सरकारकले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री ओली


काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देश र जनताप्रति चिन्तित हुने बेलामा जनतामा अन्यौल र निराशा पैदा गराउने गतिविधी गर्नु उपयुक्त नभएको बताउनुभएको छ ।
प्रधानमन्त्रीको पद बहाली गर्दै आज सिंहदरबारमा मन्त्रीहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
‘यतिबेला कोरोनाका विरुद्ध एकजुट भएर लड्नु पर्ने बेला हो । यस्तो बेला आफूले प्रयास गर्नु त कता हो सरकारका प्रयासलाई पनि विफल पारेर जनतामा निराशा पैदा गराउने काम घातक हो ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
कोभिडको महामारीका बेला भ्रष्टाचारमा संलग्न जो कसैलाई पनि प्रधानमन्त्रीले नछाडिने बताउनुभएको छ ।
मानव जगत नै संकटमा परेको बेला नजायज ढंगले फाइदा लिन खोज्ने जो सुकैलाई पनि माफी दिन नसकिने स्पष्ट पार्नुभएको छ । ‘ मानव जातीको अस्तिव नै कोभिडको कारणले संकटमा परेको बेलमा यसको रोकथाम,उपचार उपकरण खरिदमा नाजायज फाइदा लिन खोज्नेलाई कारबाही हुन्छ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सरकारका विभिन्न निकायले स्वास्थ्य सेवा उपलब्ध गराउने सन्दर्भमा विमारी अथवा सम्बन्धित परिवार आफन्त कसैबट पनि अनाधकृत लाभ लिन खोजी तिनीहरु काबाहीका भागिदार हुनेछन् । ’
केहीबेर अघि सपथमा प्रयोग भएका शब्दको स्मरण गर्न निर्देशन दिंदैं प्रधानमन्त्रीले ति सपथका ति शब्द व्यबहारमा अक्षरश पालना हुनुपर्ने बताउनुभएको छ । ‘ नेपाली जनताको सम्पतीको हरेक पैसा सही ठाउँमा सदुपयोग हुनुपर्दछ । मेहनत र पसिनाको हरेक थोपा सही ठाउँमा खस्नु पर्दछ ‘ प्रधानमन्त्री ओलीले भन्नुभयो ’हाम्रो बुद्धी,ज्ञान र क्षमता सही ढंगले सही ठाँउमा प्रयोग हुनुपर्दछ ।’
सरकारले आजका चुनौति र भोलीका अभिभारा पुरा गर्ने सन्दर्भमा कुनै असर बाँकी नराख्ने बताउनुभएको छ ।