अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोभिड नियन्त्रणका लागि सरकारले लिएको बाटो ठिक : प्रम ओली

कोभिड नियन्त्रणका लागि सरकारले लिएको बाटो ठिक : प्रम ओली


काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणका लागि सरकारले लिएको बाटो ठिक भएको बताउनुभएको छ ।
ललितपुरको गोदावरी स्थित सनराइज सभाहलको भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
कुनै पनि महामारीको पूर्व तयारी कसैले पनि अनुमान गर्न नसक्ने प्रधानमन्त्रीले बताउनुभएको छ । हरेक देशका नियमित उपचारका लागि सिमित संरचनाहरु हुने र एक्कासी महामारी फैलंदा त्यसले धान्न गा¥हो हुनु स्वभाविक भएको प्रधानमन्त्रीको भनाइ छ । ‘हाम्रो उपचार संरचना १ हजार क्षमताको होला तर महामारीमा एकै चोटी १० हजार मानिस बिरामी होलान् । यस्तो अवस्थामा साविक क्षमताले नभ्याएर सडकमा,पेटीमा त्रिपाल टाँगेर उपचार गराउनु स्वभाविक नै हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘विकाशित देशहरुको अवस्था पनि हामीले देख्यौं । त्यहाँ पनि समस्या उस्तै छ । तर हामी जनताको स्वास्थयलाई प्राथमिकतामा राख्छौं । ’
महामारी नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयास अहिले ठिक ढंगको भएको प्रधानमन्त्रीले बताउनुभएको छ । सरकारले सबैं निकायहरुलाई महामारी नियन्त्रणमा परिचालन गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।