अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्तुलित विकासका लागि महिलाको समानुपातिक प्रतिनिधित्व : अनेमसंघ

सन्तुलित विकासका लागि महिलाको समानुपातिक प्रतिनिधित्व : अनेमसंघ


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अखिल नेपाल महिला संघले राज्यका सबै निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।
अनेमसंघले एक विज्ञप्ती जारी गर्दै राज्यको सन्तुलित विकासका लागि हरेक संरचनामा महिलाको समानुपातिक विकास पूर्व सर्त हो भन्ने स्मरण गराइएको छ । ‘यस सन्दर्भमा हाम्रो पार्टीले सकारात्मक भूमिका खेल्दै आएको र संविधानको पूर्ण पालना गर्न प्रतिवद्ध रहेको वर्तमान अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन हुने मन्त्रिमण्डलमा महिलाको उचित प्रतिनिधित्व हुनेछ ’ महासचिव सुजिता शाक्यले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।