काठमाडौं– एमाले विवाद मिलाउन सिंहदरवारमा वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो । वार्ताका लागि माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सिंहदरबार पुग्नुभएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि सिंहदरवार पुग्नुभएको छ । प्रधानमन्त्रीसहित नेताहरु सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल वार्तामा सहभागी हुनुभएको छ ।
प्रतिक्रिया