अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विवाद मिलाउने वार्तामा बादल पनि

एमाले विवाद मिलाउने वार्तामा बादल पनि


काठमाडौं– एमाले विवाद मिलाउन सिंहदरवारमा सुरु भएको वार्तामा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी हुनुभएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग अलग बनाएपछि बादलले एमाले रोज्नुभएको थियो । माधव नेपाल समूहको महत्वपूर्ण माग नै फागुन २८ को निर्णय खारेजी छ । त्यही बैठकबाट बादलसहितका नेताहरुलाई एमालेको नेतृत्वमा ल्याइएको थियो ।

वार्तामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल वार्तामा सहभागी हुनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सुरु भएको वार्तामा माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी हुनुभएको छ ।