अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले बादललाई भन्नुभयो ‘एमालेमा स्वागत छ ’

माधव नेपालले बादललाई भन्नुभयो ‘एमालेमा स्वागत छ ’


काठमाडौं -एमाले पार्टीको विवाद समाधानका लागि आयोजना गरिएको बैठक सहमती नजिक पुगेको छ ।
केहीबेर अघि सिंहरदबारमा सकिएको छलफलमा नेताहरु हंसमुख लिएर बाहिरिएका छन् । खासगरी माधव नेपाल समुहले २०७५ जेठ २ भन्दा अघिको स्थितीमा पार्टीलाई फर्काउनु पर्छ भने पनि त्यसमा अडिरहने कुरालाई गौण बनाउंदै गएको छ । किनकि आज माधव नेपाल समुहसँगको वार्तामा संस्थापनका तर्फबाट रामबहादुर थापा बादल पनि सहभागी हुनुहुन्थ्यो । वार्तामा सहभागी एक नेताले दिएको जानकारी अनुसार बादललाई वार्ता टोलीमा देखेपछि माधव नेपालले भन्नुभयो ‘ बादल कमरेड एमालेमा स्वागत छ । ’
बादल २०७७ फागुन २८ को निर्णयबाट स्थायी कमिटी सदस्य र बाग्मती प्रदेशको इन्चार्ज चयन हुनुभएको हो । ‘बादलको उपस्थितीमा भएको वार्तामा उहाँहरु सहभागी भएकोले फागुन २८ पछाडीका बिषयमा सहमती खोजिदैछ भन्ने बुझ्नुहोस’ वार्तामा सहभागी एक नेताले जानकारी दिनुभयो ।
माधव नेपाल पक्षले आफूले सुरु देखि नै जेठ २ को बटम लाइन राखेको हुनाले त्यसलाई कुनै हिसाबले सम्बोधन गरिदिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई आग्रह् गरिरहनु भएको छ । ‘प्रधानमन्त्री उहाँहरुका मागप्रति सकारात्मक हुनुहुन्छ । तर पूर्व माओवादीबट आएका नेताहरुलाई बाहिर राखेर होइन उहाँहरुको उपस्थिती मै सहमती खोजिन्छ भन्ने सन्देशका लागि आज बादल कमरेडलाई वार्तामा राखिएको हो’ ती नेताले नेपाली बहस डट कमलाई भन्नुभयो ।