अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारद्वारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस

सरकारद्वारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस


काठमाडौँ — परराष्ट्र मन्त्रालयले ११ वटा देशमा राजदुतको सिफारिस गरेको छ ।

दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीयामा राजदुत सिफारिस गरिएको हो ।

परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन् ।

सिफारिसमा परेकाहरुमा तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशचन्द्र पौडेल श्रीलंका, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया, सुम्निमा तुलाधर अस्ट्रेलिया सिफारिस हुनुभएको छ । तुलाधार वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुनुहुन्छ । यसैगरी जंगबहादुर ९जंगब० चौहानलाई रुसका लागि प्रस्ताव गरिएको छ ।

यस्तै, झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिस हुनुभएको छ । यस्तै, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा दमककी सुमित्रा सुवेदी भण्डारीको नाम प्रस्तावित छ। मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित हुनुभएको छ  ।

मन्त्रालय स्रोतका अनुसार केही दिन अघिको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।