अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विवाद समाधानको लागि आज कार्यदल गठन गरिने

एमाले विवाद समाधानको लागि आज कार्यदल गठन गरिने


काठमाडौं- नेकपा एमालेको विवाद मिलाउन आज कार्यदल गठन हुने भएको छ ।

शुक्रबार बसेको बैठकले पार्टीको विवाद समाधान गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

आज कार्यदल गठन गरेर आजैदेखि समस्या सामाधानको काम थालिने एमाले नेता गोकर्ण विष्टले जानकारी दिनुभयो । कार्यदल गठनको जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपाललाई दिइएको छ ।

आज दुई नेता बसेर कार्यदलमा रहने नेताको नाम तय गर्नुहुने छ । कार्यदल कतिजनाको बनाउने तथा कसको नेतृत्वमा बनाउने भन्ने तय नभएकोले त्यस बारेमा दुई नेताले छलफल गरेर निर्णय गर्ने विष्टले बताउनुभयो ।

हिजो भएको छलफलमा पार्टीको विवाद समाधानको लागि एक कार्यदल बनाउने र २०७५ जेठ २ को वरिपरीबाटै समाधान खोजिने सहमति भएको थियो ।