अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेभित्रको विवाद लगभग अन्त्य भइसक्यो : गोकर्ण विष्ट

एमालेभित्रको विवाद लगभग अन्त्य भइसक्यो : गोकर्ण विष्ट


काठमाडौं- नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेभित्रको विवाद लगभग अन्त्य भइसकेको बताउनुभएको छ ।

आईएनए न्युज एजेन्सीसँगको कुराकानीमा नेता विष्टले शनिबार कार्यदल बनाएर विवाद सामाधान गरिने बताउनुुभयो । ‘शुक्रबार पार्टीभित्र बृहत छलफल भयो, यसले एक खालको सकारात्मक ऊर्जा दिएको छ’, उहाँले भन्नुभयो ।

यद्यपि कार्यदल कति जनाको र कसको नेतृत्वमा बनाउने भन्ने विषयमा भने छलफल नभएको नेता विष्टले बताउनुुभयो । विष्ट पार्टीभित्रको विवादको बेला माधव गुुटमा लाग्नुुभएको थियो ।

उहाँले २०७५ जेठ २ को एमालेमा फर्कन नसके पनि आसपासमा पुुग्नेगरी छलफल भइरहेको बताउनुुभयो । ‘पार्टी भित्र रहेका विमतीका विषयलाई अन्त्यगर्न जेठ २ मा फर्कने सहमति भएको छ, अब केही मसिना कुराहरू छन्, त्यसमा दुवै पक्षले लचकता देखाएर जानुपर्छ भन्ने कुरा भएको छ,’ विष्टले भन्नुभयो ।

उहाँले आजै कार्यदल बताउने प्रक्रिय अघि बढ्ने पनि बताउनुभयो । ‘आजै कार्यदल बनाएर प्रक्रिया अगाडि बड्छ,’ उहाँले भन्नुुभयो ।

पार्टीभित्रको विवाद समाधानको विषयमा छलफल गर्न शुक्रबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेता छलफलमा बस्नु भएको थियो ।

छलफलले कार्यदल बनाउने जिम्मेवारी पार्टी अध्यक्ष र वरिष्ठ नेतालाई दिएको छ ।