काठमाडौं- अक्सिजन सिलिन्डर ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमान उडेको छ ।
आज नेपाल एयरलाइन्सको विमान ५६० थान अक्सिजन ल्यान पहिलोपटक ओमान उडेको हो । जहाज साँझ करिब साढे ६ बजे आइपुग्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।
सिलिन्डर गैरआवसिय नेपाली संघ र ओमानको मस्कटस्थित नेपाली दूतावसले सहयोग गरेको हो । सिलिन्डर अल हप्सी कम्पनीसँग ६३ हजार ७ सय डलरमा खरिद गरिएको जनाइएको छ । चार्टर्ड गरिएको बिमानको खर्च सरकारले ब्यहोर्ने बताइएको छ ।
प्रतिक्रिया