अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपनिर्वाचन : बादललाई मतदान गर्न जनप्रतिनिधिलाई काभ्रे एमालेको ह्वीप

राष्ट्रियसभा उपनिर्वाचन : बादललाई मतदान गर्न जनप्रतिनिधिलाई काभ्रे एमालेको ह्वीप


काभ्रे- नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा (बादल)लाई मतदान गर्न जनप्रतिनिधिलाई ह्वीप जारी गरेको छ ।

जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेको उम्मेदवार बादललाई सूर्य चिन्हमा मतदान गर्न जिल्ला कमिटीले ह्वीप जारी गरेको हो ।

जिल्ला अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठले कुनै प्रचारबाजीमा वा भ्रममा नपरी पार्टीका उम्मेदवारको पक्षमा खडा हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

ह्वीप जारी गर्दा पनि उल्लंघन भएमा पार्टीले अनुशासनको कारवाही गर्नेसमेत उहाँले बताउनुभएको छ । व्यान्जु धुलिखेल नगरपालिकाका मेयरसमेत हुनुहुन्छ ।

माधव नेपाल पक्षले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।