अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई मत दिने राप्रपा नेताबीच समझदारी

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई मत दिने राप्रपा नेताबीच समझदारी


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई मत दिन राप्रपा नेताहरूले समझदारी गर्नु भएको छ ।

एक नेताका अनुसार आज भएको अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित शीर्ष नेताहरूको बैठकमा सो समझदारी भएको हो ।

ती नेताले भन्नुभयो, ‘औपचारिक निर्णय गरिएको छैन तर एमालेकै उम्मेदवार थापालाई नै भोट दिने भनी तीन अध्यक्षसहितको शीर्ष नेताहरुको बैठकमा समझदारी भएको छ, सम्भवतः यो निर्णयमा कुनै परिवर्तन नहोला ।’

गृहमन्त्रीसमेत हरनुभएका थापा वागमती प्रदेशबाट माओवादी उम्मेदवारको रूपमा राष्ट्रिय सभामा निर्वाचित हुनु भएको थियो । थापाले माओवादी दल त्याग गर्नु भएपछि सो पद रिक्त भएको हो।

सोही रिक्त पदमा जेठ ६ गते निर्वाचन हुन लागेको हो ।

उहाँ अहिले एमाले पार्टीमा हुनुहुन्छ । एमालेले रिक्त सो पदमा उहाँलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नै पार्टीका कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।