अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छिट्टै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँछौँ : मेयर ओझा

छिट्टै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँछौँ : मेयर ओझा


काठमाडौं- डडेल्धुुराको डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन जडान हुने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार अर्थमन्त्री पदमा पुनः पदभार ग्रहण गरेसँगै डडेल्धुरा लगायत तीनवटा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि आवश्यक बजेट उपब्ध गराउने निर्णय गर्नुभएको छ । सो निर्णयसँग डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम तत्काल अघि बढ्ने भएको छ ।

अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझा विपिनको पहलपछि अस्पतालमा अक्सिजन प्लान्टका लागि आवश्यक प्रक्रियाअघि बढेको अस्पतालले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा अक्सिजनको चरम अभाव भइरहेका बेला अर्थ मन्त्रालयको उक्त निर्णयले सुदूरपश्चिमका चार वटा जिल्लालाई सहायोग पुग्ने ओझाले बताउनुभयो ।

नयाँ भेरियन्ट सहितको कोराना संक्रमण तीब्र बनेको बेला महामारी रोकथाम र उपचार गर्न यसले सहयोग पुर्‍याउने नगरप्रमुख ओझाले बताउनुुभयो । ‘कोभिड संक्रमितको लागि अक्सिजन प्राण वायु नै हो’, उहाँले भन्नुभयो ।

मन्त्रालयले बजेट छुट्याई सकेको अवस्थामा छिटो प्लान्ट जडान गर्नु आफूहरुको जिम्मेवारी रहेको उहाँले बताउनुभयो ।

‘मन्त्रालयले निर्णय गरेर बजेटसमेत छुुट्याइसकेको छ, अब धमाधम काम सुचारु गरेर बिरामीलाई सहज बनाउनुु हाम्रो मुख्य कर्तव्य हो,’ ओझाले भन्नुुभयो ।