काठमाडौं- हिजो पद बहाली गर्नासाथै सरकारका सबै अंग कोरोना नियन्त्रणमा क्रियाशील हुने बताउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सरोकारवालाहरूसँग छलफलको आयोजना गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले चार बजे विभिन्न क्षेत्रका डाक्टर, अक्सिजन उत्पादक, अस्पतालका सञ्चालकहरूसँग छलफल आयोजना गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अस्पतालहरूमा अक्सिजनको अभाव भएर बिरामी फर्काउनु परेको समाचार आउन थालेपछि यसमा प्रधानमन्त्री थप गम्भीर हुनु भएको छ ।
‘सबै पक्षसँग परामर्श गरेर अक्सिजनको सहज उपलब्धता र अन्य तयारीका बिषयमा आजको छलफल केन्द्रित छ,’ स्रोतले नेपाली बहस डट कमसँग भन्यो ।







प्रतिक्रिया