सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कंडेलले कर्णालीमा कोरोनाको भयाभह स्थिति आउनुमा प्रदेश सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।
कंडेलले आज विज्ञप्ति जारी गरेर प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।
कंडेलले प्रदेश सरकारले कोरोना रोकथामका लागि आफ्नो स्रोत पनि परिचालन गर्न नसकेको र संघीय सरकारसँग पनि समन्वय गर्न नसकेको उल्लेख गर्नुभएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट हुँदाहुँदै पनि अक्सिजनको अभावमा बिरामी भर्ना लिन नसक्ने अवस्था आउनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सुविधा सम्पन्न प्रदेश अस्पतालको अवस्था त यस्तो छ भने कर्णालीका अन्य जिल्लाको अवस्था के होला? सहजै अनुमान गर्न सकिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
‘कोभिड-९ को महामारी नियन्त्रण र रोकथामका लागि चाहिने अत्यावश्यक सामग्रीको अभावले आमनागरिकले व्यहोर्नु परेको कष्टकर दैनिकी र मानवीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै कंडेलले विज्ञप्तिमा भन्नुभएको छ, ‘यस विषयमा गम्भिरतापूर्वक संघीय तथा प्रदेश सरकारको ध्यानआकर्षण गराउँछौँ ।’








प्रतिक्रिया