अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीको शनिबार सम्पन्न बैठकले जेठ २२ देखि २५ गतेसम्म गर्न लागिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । कोभिड महामारीको कारण महाधिवेशन स्थगित गर्ने नेताहरुले सहमति गरेका हुन् ।

बैठकले कोभिडको संक्रमण दर उच्च बन्दै गएको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । संक्रमित बिरामीको लागि आवश्यक बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर, औषधी लगायतको व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तथा अन्तराष्ट्रि समुदायलाई गुहार्न समेत राप्रपाले सरकारलाई सुझाव दिएको छ ।

‘नागरिकको जीवन रक्षाको लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न राप्रपा जोडदार माग गर्दछ’ तीन नेताको बैठक पछि राप्रपा केन्द्रीय सचिवालका प्रमुख भाष्कर भद्रा र धु्रबबहादुर प्रधानद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पार्टीको निर्देशक समिति पाँच दिन भित्र गठन गर्ने निर्णय पनि गरेको छ ।