काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न सरोकारवालाहरूबीचको छलफल सुरू भएको छ ।
प्रधानमन्त्री र विभिन्न क्षेत्रका डाक्टर, अक्सिजन उत्पादक, अस्पतालका सञ्चालकहरूसँगको छलफल केहीरअघि बालुवाटारमा सुरू भएको हो ।
अस्पतालहरूमा अक्सिजनको अभाव भएर बिरामी फर्काउनु परेको समाचार आउन थालेपछि यसमा प्रधानमन्त्री थप गम्भीर हुनु भएको छ ।
सबै पक्षसँग परामर्श गरेर अक्सिजनको सहज उपलब्धता र अन्य तयारीका विषयमा आजको छलफल केन्द्रित हुने बताइएको छ ।







प्रतिक्रिया