अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाले आज बैठक बोलाएको छैन : महन्थ ठाकुर

जसपाले आज बैठक बोलाएको छैन : महन्थ ठाकुर


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का प्रथम अध्यक्ष महन्थ ठाकुरले शनिबार जनता समाजवादी पार्टीले कुनै पनि बैठक नबोलाएको बताउनुभएको छ ।

जसपाको उपेन्द्र-बाबुराम गुटले शनिबार पार्टी कार्यकारिणी समितिको बैठक बोलाएपछि ठाकुरले विज्ञप्ति निकालेर पार्टीको कुनै बैठक नभएको प्रष्ट पार्नुभएको छ ।

ठाकुरले जारी गर्नुभएको विज्ञप्तिमा जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा जारी भनि आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

‘जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस माओवादी गठबन्धनलाई समर्थन गर्ने विषयलाई लिएर सुरु भएको जसपा विवाद चुलिएको छ । जसपाको महन्थ पक्षले प्रतिनिधि सभाका बहुमत सांसद्को उपस्थितिमा वैशाख २७ गते राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेको थियो । त्यस विषयमा छलफल गर्ने भन्दै आज उपेन्द्र-बाबुराम पक्षले आफ्नो समूहको बैठक बोलाएको हो ।