अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ८१६७ मा कोरोना पुष्टि, १८७ संक्रमितको मृत्यु

देशभर आज ८१६७ मा कोरोना पुष्टि, १८७ संक्रमितको मृत्यु


काठमाडौं – पछिल्लो २४ घन्टामा मुलुकभर ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल १८ हजार ५ सय ४८ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा मुलुकभर थप १ सय ८७ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म मृत्यु हुन् कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

यस दिन ५ हजार ४ सय ५५ संक्रमित कोरोना भाइरसमुक्त भएका छन् । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

उपत्यकामा थपिए २९३७ संक्रमित

काठमाडौं उपत्यकामा आज २ हजार ९३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी २ हजार ९३७ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार १४६ छन् । यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

योसँगै काठमाडौं‌ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ६१ हजार १३७ पुगेको छ । जसमध्ये ३० हजार १२४ सक्रिय संक्रमित रहेका छन् भने १ लाख २९ हजार ९१२ संक्रमित निको भइसकेका छन् ।