संकट, पीडा र तनाव नहुने हो भने मानव जातिले केही पनि गर्न सक्दैन । जीम क्यारीको यो भनाई यतिबेला विश्वभरका मानव जातीका लागि प्रेरणाको एक विन्दु हुन सक्छ । हरेक अस्तित्व चाहे सजीव होस् वा निर्जीव उसको अवस्थितिमा अनेक खालका संकट आउँछन् नै । अझ जीवित प्राणीको रुपमा रहेको मानव जाती जो संवेग, चेतना र भावनाबाट समेत निर्देशित हुन्छ उसमा आउने संकट भौतिक, मनोवैज्ञानिक, जैविक तथा विविध रुपमा हुने गर्छन । मानव जातीको लागि देखिएको विश्वव्यापी संकटको यो रुप कोरोना भाइरसको संक्रमणले हरेक मान्छेलाई त्रसित बनाएको छ ।
कोरोना भाइरसको विश्व संकटसँग हरेक देशले आफ्नै मौलिक ढंगले लडिरहेको छ । विश्वव्यापी सामूहिक लडाइँ पनि जारी नै छ । यो महासंकटसँग लड्नका लागि यतिबेला सम्पूर्ण उपायहरु, स्रोत साधन र जनशक्तिसहित लाग्नुपर्ने आवश्यकता छ । नेपालमा दोश्रो चरणको संक्रमणको कारण दैनिक दशौं हजारको हाराहारीमा संक्रमित बढ्ने तथा २ सय भन्दा बढीको दरले मृत्युवरण गर्ने अवस्था आइपुगेको छ । यो बेला हामी भावनामा बहकिएर भन्दा गम्भीर भएर वास्तविकतामा उभिएर सजगताका साथ प्रतिकार्यमा जुट्नु जरुरी छ ।
महामारीका कारण भएको क्षतीका सन्दर्भलाई लिएर अत्यन्तै गम्भीर र भावनात्मक हिसाबले अत्यन्तै पीडादायी अवस्थाहरु देखिएका छन् । अस्पतालको शैया नपाएर विरामीहरु भुइँमा सुतेर उपचार गरिरहनु परेको छ । अक्सिजन र भेन्टिलेटरको अभावले हेर्दाहेर्दै मानिसको जीवन गइरहेको छ । अत्यन्तै विडम्वनाको विषय त यस्तो बेलामा पनि सत्ताको छिनाझम्टी, उचालपछार र खुट्टा तानातानको अवस्थाले सरकारको उर्जाशील काम गर्ने समय झण्डै डेढ वर्ष सकियो । सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसको सुरुवाती पूर्वानुमान र पहिलो चरणको यसको वास्तविका संक्रमणले यसको खतराको संकेत देखाएको थियो । तर राजनीतिक दलहरु सत्ताकेन्द्रित लुछाचुँडीमा लागेका कारण सत्तारुढ पार्टीभित्रका आन्तरिक मतभेदका कारण पर्याप्त पूर्वतयारी हुन नसक्दा यो विपत्ति व्यहोर्नु परेको छ ।
महामारी पूर्व सूचना दिएर त आउँदैन तर कोरोनाका सन्दर्भमा पूर्व सूचना सरह नै थियो । त्यसको प्रतिकार्यका लागि पूर्वतयारी, भौतिक, आर्थिक तथा जनशक्तिको व्यवस्थापन लगायतका कामहरु नहुनुका पछाडी सत्तारुढ दलको मात्र नभै प्रतिपक्षी दल, नागरिक समाज, सरोकारवालाहरु सबैको जिम्मेवारी छ भन्ने कुरा भुल्न हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको दोश्रो चरणको संक्रमणले तीव्र गति लिईरहेको बेला संसदमा सम्वोधन गर्दै परिक्षण तथा उपचारका सन्दर्भमा भएका प्रगति जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीले भन्दै गर्दाका तथ्यहरुले पनि नेपालमा कोरोनाको रोकथाम र उपचारका सन्दर्भमा काम नै नभएका भने होइनन् । पर्याप्त ध्यान दिन नसकेको वा नपाएका कारण अपेक्षित उपलब्धि नभएको भने पक्कै हो ।
अस्पतालको शैया नपाएर विरामीहरु भुइँमा सुतेर उपचार गरिरहनु परेको छ । अक्सिजन र भेन्टिलेटरको अभावले हेर्दाहेर्दै मानिसको जीवन गइरहेको छ । अत्यन्तै विडम्वनाको विषय त यस्तो बेलामा पनि सत्ताको छिनाझम्टी, उचालपछार र खुट्टा तानातानको अवस्थाले सरकारको उर्जाशील काम गर्ने समय झण्डै डेढ वर्ष सकियो ।
नदी छेउमा खडा भएर मात्रै नदी तरिँदैन, जोखिम लिएर हेलिनुपर्छ भनेझैं कोरोनाको संकटमा सरकारले केही गरेन भनेर छेउमा बसेर आलोचना गरेर वा मलाई जिम्मेवारी दिए म गर्थे भन्ने तर्क गरेर बस्ने समय छैन । संकटको बेला विपत्को बेला जसले हात दिएर जनताको हात थाप्ने हिम्मत गर्छ त्यसलाई जनताले अभिभावक मान्नेछन् । यस्तो संकटमा सरकारलाई नागरिकको भरोसा बन्न सक्ने गरी सहयोग गर्ने र आफ्नो ठाउँबाट पनि योगदान गर्ने काममा प्रतिपक्षी तथा अन्य दलहरु, नागरिक समुदाय, नीजि क्षेत्र, गैर सरकारी क्षेत्र एवम् शुभेच्छुकहरुको समेत ध्यान आकृष्ट गर्नुपर्छ । कोरोनाको संकट निवारणका लागि आफ्नो नेतृत्व हुनुपर्छ भन्ने लागेकाहरुले नेतृत्व लिने हो नागरिकको ज्यान जोगाउने सवालमा आफूले कति पहल गरियो भनेर देखाउने हो र सरकारलाई रचनात्मक सुझाव दिने हो ।
कोरोनाको यो संकटले धेरै देशलाई धेरै कोणबाट पाठ सिकाएको छ । कोरोनाले हाम्रो स्वास्थ्य सम्बन्धि अवस्था कस्तो रैछ भनेर उजागर गराएको छ । ठूलो अनुसन्धानले पत्ता लगाउन नसक्ने यथार्थ कोरोनाले उदांगो बनाइदिएको छ । यो संकटले राष्ट्रले केही सिक्न र नयाँ शिराबाट गर्न पाउने अवस्था बनेको छ । स्वास्थ्य क्षेत्रमा कति नीतिगत समस्या रैछन् ? अस्पतालहरुको पूर्वाधारको क्षमता, अवस्था र गुणस्तर पत्ता लागेको छ । आवश्यक पर्ने औषधि तथा खोपहरुको विकास वा साझेदारी लगायतमा गर्नुपर्ने कामको पाठ सिकाएको छ । कोरोनाले वैदेशिक सन्तुलन लगायतका सन्दर्भमा पनि कुटनीतिक पाठ सिकाएको छ ।
यो संकटको बेला जति एकत्रित भएर काम गर्न सक्यो त्यति छिटो, सहज र दीर्घजिवी जीत हुन्छ । भनिन्छ नि जती कठिन संघर्ष हुन्छ जीत त्यति नै शानदार हुन्छ । हो त्यस्तै गरी यो कठिन संघर्षलाई सकेको बल लगाएर प्रतिकार गरौं । जित निश्चित छ । यो संकटको बेलामा गरिने नीतिगत निर्णयहरु, कार्यान्वयनका व्यावहारिक अभ्यासहरु र निर्माण गरिने पूर्वाधार लगायतका कामहरुले भोलीका दिनमा देशलाई एउटा राम्रो अवसरमा रुपान्तरण गर्न सकियोस् ।
अब्राहम लिंकनले भन्नुभएको छ नि तपाई कति खस्नुभयो भन्ने चिन्ता नगर्नुस् चिन्ता यसको होस् कि खसेपछि तपाई उठ्नुभयो कि उठ्नुभएन । हो हामीलाई भूकम्पले ठूलो भौतिक तथा मानवीय क्षती गराएर खसायो । तर हामीले मानवीय क्षती बाहेक अन्य भौतिक क्षतीलाई क्रमशः पहिलेभन्दा व्यवस्थित राम्रो संग उठायौं । केही वर्षमै एउटा आशलाग्दो उठान त देखाउन सक्यौं । यो कोरोना महामारीको एउटा भयानक संकटमा पनि हामीलाई सुरक्षित भएर व्यक्तिगत व्यवस्थापन तथा जीवन बचाउन मात्र नभएर नागरिक कर्तव्य पूरा गर्न प्रेरणा जाग्नुपर्छ ।
कोरोनाको यो संकटले धेरै देशलाई धेरै कोणबाट पाठ सिकाएको छ । कोरोनाले हाम्रो स्वास्थ्य सम्बन्धि अवस्था कस्तो रैछ भनेर उजागर गराएको छ । ठूलो अनुसन्धानले पत्ता लगाउन नसक्ने यथार्थ कोरोनाले उदांगो बनाइदिएको छ । यो संकटले राष्ट्रले केही सिक्न र नयाँ शिराबाट गर्न पाउने अवस्था बनेको छ । स्वास्थ्य क्षेत्रमा कति नीतिगत समस्या रैछन् ? अस्पतालहरुको पूर्वाधारको क्षमता, अवस्था र गुणस्तर पत्ता लागेको छ । आवश्यक पर्ने औषधि तथा खोपहरुको विकास वा साझेदारी लगायतमा गर्नुपर्ने कामको पाठ सिकाएको छ ।
देशमा तीन तहको आर्थिक, राजनीतिक तथा प्रशासनिक हिसावले अधिकारसम्पन्न ७ सय ६१ सरकार छन् । यतिबेला ती सरकारको क्षमता देखिनुपर्छ । सरकारको नेतृत्वमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा राज्यले जिम्मा लिन्छौं भन्ने कम्युनिष्ट पार्टी छ भन्ने अनुभूती दिने गरी काम गर्नुपर्छ । कोरोना भाइरस संक्रमणका कारण तत्काल जनता बचाउनका लागि अक्सिजनको आपूर्ति जरुरी छ । मध्यपुर नगरपालिकाले आफैं अक्सिजन प्लान्ट जडान गरेर उत्पादन सुरु गरी आफ्नो स्थानीय तहभित्रका स्वास्थ्य संस्थालाई वितरण गरेर आफू नागरिकको रक्षक भएको देखाईसकेको छ । देशैभर स्वास्थ्यसंस्थाको आवश्यकता, श्वासप्रस्वासजन्य रोगहरुमा हुने बढोत्तरीको विश्लेषण समेत गरी स्थानीय तहहरुले अक्सिजन प्लान्टहरुको जडान गर्न आवश्यक छ ।
केन्द्र सरकारले यो कोभिड संकटको समयमा सरकारी अस्पतालहरुमा पर्याप्त पूर्वाधार व्यवस्था गरी नागरिकलाई स्वास्थ्य जस्तो आधारभूत अधिकारमा सरकार छ भन्ने अनुभूती दिलाउने मौका चुक्न दिन हुन्न । यतिबेला देशभर उठेको एउटा गम्भिर सवाल हो वालवालिकालाई मेडिकल शिक्षाको दक्ष जनशक्ति बनाउने सोचमा गएको व्यक्तिले जब करोडौं खर्च गर्नुपर्ने अवस्था आएर किंकर्तव्यविमुढ हुन्छ त्यतिबेला यो देशमा सरकार छ ? भनेर सोच्ने अवस्था छ । बर्तमान सरकारले संकटको बेला देशभित्र आवश्यक पर्याप्त जनशक्ति उत्पादनका लागि मेडिकल शिक्षा सर्बसुलभ गराउनका लागि नीतिगत, पूर्वाधार तथा अन्य व्यवस्था गर्न चुक्नु हुँदैन ।
गएको साता सामाजिक सञ्जालमा कोरोना उपचार सम्बन्धि एउटा ट्रोलरुपी सन्देश भाइरस भयो । सरकारी अस्पताल गए ज्यान फिर्ता आउँदैन, नीजि अस्पताल गए फिर्ता आउँदा घर बाँकि रहँदैन । यस्तो ट्रोल यसै बनेको नभै राजधानीका केही निजी अस्पतालले एक दिनकै आइसीयु बसाइको ५० हजार, भेण्टीलेटर सहित राखेको भन्दै लाखौं शुल्क असुलेको घटनाबाट निर्माण भएको थियो । नीजि अस्पतालबाट नै रेम्डिसिभिर नामक एण्टी भाइरल औषधिको प्रति भाइल ५० औं हजारमा कालोवजारिया भएको, अक्सिमिटरको कालोबजारिया भएको जस्ता समाचारले स्वास्थ्य क्षेत्रमा नीजि संस्थाको व्यापारीकरणको पीडा उजागर गरिदिएको छ । यस्ता घटनाहरुले स्वास्थ्य क्षेत्रको हालत के छ र अब कति गर्नुपर्छ भन्ने छर्लंग बनाएको छ ।
सरकारको पहलमा कोरोनाको संकटसंग लड्नका लागि प्रचारमुखी र निर्णयको चाङ भन्दा पनि स्वास्थ्यमा गर्नैपर्ने आवश्यकता र त्यसको दीर्घकालीन उपादेयतामा गम्भिर बन्न सम्झाएको छ । भनिन्छ नि जो आफूलाई सिध्याउन तयार भएर संकट विरुद्ध लड्छ इतिहासमा उसैको नाम स्वर्णिम अक्षरले लेखिनेछ । इतिहासमा नाम अमिट रहनेछ । यस्तै इतिहास बनाउने मौका प्रधानमन्त्री केपी शर्मा ओली र ओली नेतृत्वको संघीय सरकार, सातै प्रदेश सरकार र ७ सय ५३ स्थानीय सरकारलाई छ । हरेक नेतृत्वले संकटको बेला जनतासम्म पुगेर जनता जोगाउने हो । संकटको बेलामा गैर जिम्मेवार वा बेखबर बस्ने नेता वा नेतृत्व, पार्टी वा सरकारलाई जनतासंग सुखको बेला भेट्न जाने अधिकार पनि रहन्न ।
प्रतिक्रिया