अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र नेता नेपालबीच आज पनि छलफल हुँदै

प्रधानमन्त्री ओली र नेता नेपालबीच आज पनि छलफल हुँदै


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानको लागि कार्यदल बनाउने विषयमा छलफल गर्न आज पनि प्रधानमन्त्री र नेपालबीच छलफल हुने भएको हो ।

यसअघि दुई पक्षबीच भएको छलफलमा पार्टीको समस्या समाधान गर्न एक कार्यदल बनाउने र सो कार्यदलको सुझावका आधारमा समस्या समाधान गर्ने सहमति भएको थियो । शुक्रबार भएको सो छलफलले कार्यदल बनाउने अधिकार दुई नेतालाई दिएको थियो ।

आजको बैठकमा दुई नेताले कार्यदलका सदस्यको बारेमा छलफल गर्ने बुझिएको छ । दिउँसो हुने छलफलमा दुई नेताले कार्यदलमा बस्ने नेताहरूको टुंगो लगाउने बताइएको छ ।