अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोज-भतेरले बढ्यो संक्रमण, एउटै वडामा ७० संक्रमित फेला

भोज-भतेरले बढ्यो संक्रमण, एउटै वडामा ७० संक्रमित फेला

रासस 
46
Shares

मकवानपुर- मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा-३ मा पीसीआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २ सय रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । थाहा-३ मा सङ्क्रमण दर पनि उच्च रहेको छ ।

यहाँ १०२ मा परीक्षण गरिएकामा ७० सङ्क्रमण देखिएको र सङ्क्रमण दर ६६ प्रतिशत रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा स्वास्थ्यकर्मीसमेत छन् ।

विवाह भोज-भतेरको जमघट र अन्य सामूहिक गतिविधिका कारण थाहा-३ मा सङ्क्रमण फैलिएको ‘कन्ट्याक्ट ट्रेसिङ’ बाट देखिएको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका चिकित्सक रिकेस कार्कीले बताउनुभयो । थाहा-३ मा एक जनाको मृत्यु भएको छ भने दुई जना निको भएका छन् ।

त्यस्तै, ६७ जना होम आइसोलेशनमा रहेको नगरपालिकाले जनाएको छ ।