अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तत्काल स्वास्थ्य संकटकाल लागू हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

तत्काल स्वास्थ्य संकटकाल लागू हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं- सरकारले तत्काल स्वास्थ्य संकटकाल नलाउने भएको छ । आज कोभिड-९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकको निर्णय सुनाउँदै परराष्ट्रमन्त्री ज्ञवालीले तत्काल स्वास्थ्य संकटकाल नलगाइने बताउनुभयो ।

संक्रामक रोग ऐनमा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी संकटकाल लगाउन नहुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रिजल्ट आउने भयो भने मात्र स्वास्थ्य संकटकाल लगाउनुपर्ने हुन्छ । महामारीविरुद्ध युनिफाइड ढंगबाट अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।’

त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पक्रियामा अल्झिएर कोरोना संक्रमण नियनत्रणमा असर पर्न नदिन सबै निकायलाई निर्देशन दिनुभयो ।

‘पक्रियामा अल्झिएर आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जानु हुँदैन । प्रक्रिया झन्झटिला छन् भने तिनीहरूलाई फुकाएर हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जजे गर्नुपर्छ गर्नुस् । त्यसका लागि आवश्यक कानुन मिलाउनुपर्छ भने कानुन बनाउनुस्, पक्रिया मिलाउनु छ भने पक्रिया मिलाउनुस्, क्विक रेस्पोन्स टिम बनाउनुपर्ने हो भने त्यो बनाउनुस् । तर, हरहालतमा नागरिकको जीवन रक्षा हुनुपर्‍यो,’ प्रधानमन्त्रीको भनाई उदृद गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चारकर्मीसँग भन्नुभयो ।