अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र नेपालबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री र नेपालबीचको भेटवार्ता सकियो


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

सिंहदरबारमा भएको वार्ता केही बेरअघि सकिएको हो । एमाले विवाद मिल्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘मिल्छ’ भन्ने प्रतिक्रिया दिनुभयो ।

त्यस्तै, नेता नेपालले पनि आजको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिनुभयो

१० सदस्यीय कार्यदल गठन 

एमालेभित्र देखिएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना सदस्य बनाउने निर्णय भएको वरिष्ठ नेता नेपालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

कार्यदलमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट हुनुहुन्छ ।

त्यस्तै, संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ ।