अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विवाद समाधान गर्न १० सदस्यीय कार्यदल गठन

एमाले विवाद समाधान गर्न १० सदस्यीय कार्यदल गठन


काठमाडौं- नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना सदस्य बनाउने निर्णय भएको वरिष्ठ नेता माधवकुमार नेपालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

कार्यदलमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट हुनुहुन्छ ।

त्यस्तै, संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ ।