अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा लुम्बिनीका चार सांसदको रिट सर्वाेच्चमा दर्ता

जसपा लुम्बिनीका चार सांसदको रिट सर्वाेच्चमा दर्ता


काठमाडौं- सर्वोच्च अदालतले पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा) का चार सांसदको रिट निवेदन दर्ता गरेको छ ।

गत वैशाख १९ गते नै सर्वोच्चमा पद पुनःबहालीको माग गर्दै निवेदन दिए पनि कोरोना र बन्दीप्रत्यक्षीकरण बाहेकका रिट दर्ता नहुने सर्वोच्चको निर्णयका कारण पेश मात्रै भएको थियो ।

वैशाख ३१ गतेको फुल कोर्टले संवैधानिक विषयवस्तु जोडिएका र नागरिकको हक अधिकारसँग जोडिएका अन्य खालका निवेदन लिने निर्णय भएसँगै आइतबार चार सांसदको रिट दर्ता भएको हो ।

वैशाखको मध्यमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई अध्यक्ष उपेन्द्र यादव पक्षले एकलौटी निर्णय गरेर पदमुक्त गरेको थियो ।

उक्त निर्णयपछि जसमा मतभेद चुलिँदै आएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सांसद हटाउने पार्टीले कुनै निर्णय नगरेको दाबी गर्दै आउनुभएको छ ।