अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ७३६८ जनामा कारोना पुष्टि, १४५ संक्रमितको मृत्यु,

देशभर आज ७३६८ जनामा कारोना पुष्टि, १४५ संक्रमितको मृत्यु,


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं उपत्यकामा २ हजार ६०९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हिजो देशभर ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका थिए ।

गत २४ घण्टामा नेपालमा १४५ जनाको मृत्यु मन्त्रालयले जनाएको छ ।