अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा एकै दिन ६६४८ जनाले जिते कोरोना

नेपालमा एकै दिन ६६४८ जनाले जिते कोरोना


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हिजो देशभर ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका थिए ।

आज देशभर ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।