अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड निकटबाट आफूविरुद्ध निकृष्ट काम भएकोप्रति सूर्य थापाको गम्भीर आपत्ति

प्रचण्ड निकटबाट आफूविरुद्ध निकृष्ट काम भएकोप्रति सूर्य थापाको गम्भीर आपत्ति


काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूविरुद्ध हदैसम्मको निकृष्ट काम भएको भन्दै आपत्ति जनाउनु भएको छ ।

कोरोना संक्रमित भएर आइसोलेशनमा रहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनिकट व्यक्तिहरूले आफूलाई जाडेर अफवाह फैलाएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।

‘म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । ‘युगपुरूष प्रचण्ड’ नामक ग्रुपबाट नै म जिउँदो मान्छेलाई दुष्ट नियतका साथ ‘श्रद्धाञ्जलि’ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य झनै छर्लङ्ग भएको छ,’ प्रेस सल्लाहकार थापाले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

साथै, उहाँले नेकपा एमालका नेता महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर आफ्नो स्टाटसजस्तै गरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ ।

‘वैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटसजस्तै गरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गम्गीर ध्यानाकर्षण भएको छ,’ थापाले लेख्नुभएको छ ।

उहाँले यस्ता अपराधपूर्ण कार्य गर्ने गिरोहलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न पनि चुनौती दिनुभएको छ ।

साथै, प्रेस सल्लाहकार थापाले साइबर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न पनि निर्देशन दिनुभएको छ ।