अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार कार्कीको निधनप्रति प्रेस चौतारी नेपालद्वारा दुःख व्यक्त

पत्रकार कार्कीको निधनप्रति प्रेस चौतारी नेपालद्वारा दुःख व्यक्त


काठमाडौं- प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य तथा नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको निधनप्रति प्रेस चौतारी नेपालले दुःख व्यक्त गरेको छ ।

आज एक वक्तव्य जारी गर्दै प्रेस चौतारी नेपालले कार्कीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गरेको छ ।

‘अल्पायुमै भएको उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ भने प्रेस चौतारी नेपालले एक कुसल संगठक गुमाउनु परेको छ । प्रेस चौतारी नेपाल स्वर्गीय कार्कीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछ,’ अध्यक्ष गणेश बस्नेतद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘साथै चौतारी शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।’

कार्कीको कोरोनाबाट शनिबार साँझ निधन भएको थियो । संक्रमणपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररतअवस्थामा उहाँको निधन भएको हो ।

झापाको साविक डोरामारी गाविस, हाल गौरादह नगरपालिका-४ डोरामारी निवासी कार्की डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । कार्कीले च्यानल नेपाल टेलिभिजनको समाचार प्रमुखको रूपमासमेत जिम्मेवारी सम्हालिसक्नु भएको थियो ।

हाल अनलाइन पत्रिका जनताटाइम्स डटकमको सम्पादक र सौर्य दैनिकका सहसम्पादकको रूपमा जिम्मेवारी सम्हालिरहनु भएका कार्कीलाई गत वैशाख १९ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट अहिलेसम्म मुलुकभर १३ जना पत्रकारको मृत्यु भएको छ । प्रेस चौतारीले कोरोनाबाट संक्रमित भई जीवन गुमाउनु हुने मुलुकका १३ जना पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित सवै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

साथै, चौतारीले मुलुक कोरोना महामारीको चपेटमा परेको यस अवस्थामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संक्रमणबाट बच्न पनि सबै पत्रकारलाई अपिल पनि गरेको छ ।

प्रेस चौतारी नेपालद्वारा जारी गरिएको शोक वक्तव्य

शोक वक्तव्य

प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य तथा नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण ३५ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले प्रेस चौतारी नेपाल स्तब्ध बनेको छ । कोरोना संक्रमणपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररत कार्कीको शनिबार साँझ ८ः०० बजे निधन भएको हो ।

झापाको साविक डोरामारी गाविस, हाल गौरादह नगरपालिका-४ डोरामारी निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पेशाप्रति अत्यन्तै लगनशील कार्कीले च्यानल नेपाल टेलिभिजनको समाचार प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हालीसक्नु भएको थियो । हाल अनलाइन पत्रिका जनताटाइम्स डटकमको सम्पादक र सौर्य दैनिकका सहसम्पादकको रुपमा जिम्मेवारी सम्हालिरहनु भएका कार्कीलाई गत बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अल्पायुमै भएको उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ भने प्रेस चौतारी नेपालले एक कुसल संगठक गुमाउनु परेको छ । प्रेस चौतारी नेपाल स्वर्गीय कार्कीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

हाम्रो संगठनका नेता कार्कीसहित कोरोना संक्रमणको कारण अहिलेसम्म मुलुकभर गरी १३ जना पत्रकारले अल्पायूमै जीवन गुमाउनु परेको छ । प्रेस चौतारी कोरोनाबाट संक्रमित भई जीवन गुमाउनु हुने मुलुकका होनहार १३ जना पत्रकारहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित सवै पत्रकारहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । मुलुक कोरोना महामारीको चपेटमा परेको यस अवस्थामा नागरिकलाई सूसुचित गराउने दायित्व निर्वाहमा लागिरहँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संक्रमणबाट बच्न पनि प्रेस चौतारी सवै पत्रकार मित्रहरुलाई हार्दिक अपिल गर्दछ ।

गणेश बस्नेत
अध्यक्ष