रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले पुनस्थापित गर्ने काम गर्यो । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण एउटा मूल पक्ष जबज हो । जसले प्रतिस्पर्धा, पहलकदमीका माध्यमबाट श्रेष्ठता हासिल गर्ने पद्धतिलाई आत्मसात गरेको छ । यो कम्युनिष्ट आन्दोलनको मान्यताका हिसाबले नविन मान्यता रहेको छ । वास्तवमा वैयक्तिक स्वतन्त्रताको उच्चतम् रुप समाजवाद हो भन्ने जे मान्यता छ त्यो मान्यतालाई जनताको बहुदलीय जनवादले नै सही ढंगले आत्ससात गरेको छ भन्ने कुरा बुझ्नु आवश्यक छ ।
जबजका तीन चरण
कुनै पनि समाजको विकासका सन्दर्भमा त्यसको आधारलाई सही ढंगले परिवर्तन गर्न सक्नुपर्दछ । त्यसको जगमा उभिएर अगाडी बढ्न सकिएन भने स्वभाविक रुपमा प्रतिक्रान्तिको खतरा रहन्छ । यही मान्यताका आधारमा हामीले नेपाली समाजको विशेषता अन्तरगत,सामाजिक मूूल्य अन्तरगत त्यसलाई स्थापित गर्नु पर्दछ भन्ने मान्यता जनताको बहुदलीय जनवादको एउटा महत्वपूर्ण पक्ष हो । त्यसै अन्तरगत स्वभाविक रुपमा जनताको बहुदलीय जनवादले राजनीतिक क्रान्ती पछाडि समाज रुपान्तरण हठात् रुपमा हुँदैन त्यसले एक प्रकारले प्रतिगमनको खतरा बढाउँछ भन्ने मान्यताका आधारमा तीन तहको अवधारणा आत्मसात गरेको छ ।
उहाँले शान्ति पछाडि समाज रुपान्तरणको तीन चरणको कुरा गर्नुभयो । जुन कुरालाई हामी अहिले कमरेड केपी ओलीको नेतृत्वमा अगाडि बढाउने प्रयास गरिरहेका छौं ।
खासगरी २०६२-०६३ को जनआन्दोलनपछि हामी हिड्ने बाटो भनेको तीन चरणको अवधारणा नै हो । पहिलो, पुरानो समाज व्यवस्थाका आधार अवशेषहरुलाई परिवर्तन गर्ने चरणका रुपमा लिनु पर्ने हुन्छ । त्यो मुलत संविधानसभाबाट संविधान निर्माण गर्ने कुरा कानुन निर्माण गर्ने कुरा र कानुन कार्यन्वयन गर्ने कुरा र हाम्रा संरचनाहरुमा परिवर्तन ल्याउने कुरा मूख्य कुरा हो । जुन काम हामी अहिले गरिराखेका छौं । खासगरी नयाँ राजनीतिक प्रणालीलाई स्थापित गर्ने प्रक्रियामा छोटो समयमा जे उपलब्धी हासिल गरेका छौं त्यो पहिलो चरणको एउटा महत्वपूर्ण कार्यका रुपमा रहेको छ ।
दोस्रो पक्ष, राजनीतिक परिवर्तन अन्तरगतको आर्थिक सामाजिक सम्बन्धका आधारमा आर्थिक सामाजिक विकासलाई द्रुत गति दिने कुरा । जुन कुरा अहिलेचाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले सुखी नेपाली : समृद्ध नेपालको नारा अगाडि सारेको छ । यसले जनताको बहुदलीय जनवादको मान्यता अन्तर्गत आर्थिक सामाजिक विकास र रुपान्तरणको सोचलाई प्रतिविम्बित गर्छ । त्यो प्रक्रियामा हामी अगाडी बढीराखेको छौं । जबसम्म हामीले नेपाली समाजको आर्थिक र सामाजिक आधारलाई सवल र सुदृढ गर्न सक्दैनौ तबसम्म न परिवर्तनले स्थायीत्व प्राप्त गर्दछ न हामी समाजवाद निर्माणको बाटोमा अगाडि बढ्न सक्छौं । हाम्रो संविधानमा समाजवाद निर्माणको आधार स्थापना गर्ने जुन कुरा गरेका छौं त्यसलाई पनि यो सुखी नेपाली समृद्ध नेपालले प्रतिनिधित्व गर्दछ । जनताको बहुदलीय जनवादको कार्यान्वयनका सन्दर्भको दोस्रो चरणका रुपमा चाहिँ यसलाई लिनुपर्ने हुन्छ ।
तेस्रो चरणमा जसले समाजवादमा रुपान्तरणको ठोस आधार तयार गर्दछ । त्यसपछि बल्ल हामी समाजवादतर्फ प्रवेश गर्न सक्छौं । यो कुरा नबुझ्दाखेरी कतिपयले अहिले नै समाजवादी कार्यक्रम लागू गर्ने भन्छन् जुन कुरा एक प्रकारले भन्दा अवस्तुवादी र अतिवादी सोचका रुपमा देखा पर्दछ । जसले हाम्रो समाजको रुपान्तरणलाई सही ढंगले अगाडि बढाउने कुराहरुमा बाधा अवरोध पुर्याउँछ । त्यो कुरामा जननेता मदन भण्डारी स्पष्ट हुनुहुन्थ्यो । त्यस अर्थमा उहाँले शान्ति पछाडि समाज रुपान्तरणको तीन चरणको कुरा गर्नुभयो । जुन कुरालाई हामी अहिले कमरेड केपी ओलीको नेतृत्वमा अगाडि बढाउने प्रयास गरिरहेका छौं ।
पछिल्लो समय मदन भण्डारी पोलिटेक्निक विश्वविद्यालयदेखि मदन भण्डारी विज्ञान प्राविधि विश्व विद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, कृषि विश्वविद्यालय जस्ता कुराहरु यो बीचका अवधिमा प्राविधिक शिक्षातर्फ नेपाल सरकारले जोड दिएको दृष्टान्तका रुपमा लिन सक्छौँ ।
समृद्धिको अर्थ : जनताको आर्थिक सामाजिक स्त्तरोन्नती
समृद्धी हासिल गर्ने कुरा भनेको स्वभाविक रुपमा आर्थिक सामाजिक विकाससँग जोडिएको पक्ष हो । जबसम्म हामीले मुलुकको आर्थिक अवस्थालाई सवल र सुदृढ गर्न सक्दैनौ खासगरी राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउन सक्दैनौ तबसम्म हामीले जनताको जीवनमा परिवर्तन ल्याउन सक्दैनौं । स्वभाविक रुपमा आर्थिक विकासका सन्दर्भमा दुई खालका बाटाहरु छन् । एउटा निजी क्षेत्रको परिचलनद्वारा आर्थिक विकास गर्ने जसलाई हामी पूँजीवादी बाटो भन्छौं । अर्कोबाटो चाहिँ राज्य शक्तिको प्रयोगद्वारा राज्यको भूमिकालाई बढाएर अगाडि बढ्ने बाटो जसलाई हामी समाजवादी बाटो भन्छौं । स्वभाविक रुपमा जनताको बहुदलीय जनवादले त्यो संक्रमणकालिन चरणमा निजी क्षेत्र र राज्य दुवैको भूमिकालाई एकसाथ अगाडी बढाउने मान्यता राख्दछ । हामी अहिलेको अवस्थामा निजी र राज्यको संयुक्त भूमिकाद्वारा अगाडी बढ्ने प्रयास गरेका छौं र यसको उद्देश्य के हुन्छ भन्दा आम जनताको जीवन सर्वोपरी परिर्वतन ल्याउने जसरी अहिले हामीले सामाजिक सुरक्षा कार्यक्रम,योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता जस्ता कार्यक्रमहरु अगाडि बढाएका छौं । अर्कोतर्फ शिक्षा,स्वास्थ्य जस्ता आधारभूत क्षेत्रहरुमा पनि राज्यको लगानी बढाउँदै जाने खालको नीति यही अन्तरगत पर्दछन् । पछिल्लो समय सरकारले स्वास्थ्य पूर्वधार विकासमा जुन प्रकारले अगाडि बढाएको छ त्यसले स्वभाविक रुपमा हाम्रो सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । स्वास्थ्य बिमाको कार्यक्रम त्यसैसँग जोडिएको पक्ष हो ।
जबजको सार्थकता : बाल शिक्षा र प्राविधिक शिक्षालाई प्राथमिकता
अर्को तर्फ शिक्षाका क्षेत्रमा हामीले दुई वटा नीतिहरुलाई बढी जोड दिएका छौँ । एउटा बाल शिक्षामा विद्यार्थी भर्ना लाई शतप्रतिशत पु¥याउने अभियान अघि बढाइएको छ । यसले गर्दा पछिल्लो समयमा स्कुल नजाने बालबालिकाको संख्यामा उल्लेखनीय कमी आएको छ । प्राय सबै बालबालिकाहरु विद्यालय जान सक्षम भएका छन । जो जान सक्दैनन् तिनीहरुका लागि सरकारले दिवा खाजा देखि विभिन्न कार्याक्रमहरुको माध्यमबाट उनीहरुलाई विद्यालयसँग जोड्ने खालको काम अगाडि बढाएको छ ।
अर्कोतर्फ सरकारले पछिल्लो समय प्राविधिक शिक्षातर्फ मूलकलाई अगाडि बढाउने खालको काम गरेको छ । हामीले अनुभव गर्न सक्छौँ पहिले माध्यमिक तहको शिक्षा भनेको साधारण शिक्षाको रुपमा ज्यादा थियो । अहिले नै प्राविधिक शिक्षातर्फ माध्यमिक शिक्षाका रुपमा दुई धारका रुपमा एउटा साधारण र अर्को प्राविधिक शिक्षाको रुपमा विकास गर्ने नीति छ । हरेक जिल्ला जिल्लामा प्राविधिक धारका विद्यालयहरु स्थापना गर्ने एउटा अभियान नै चलेको छ । जसले प्राविधिक जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ अर्कोतर्फ सिटिइभिटी मार्फत स्वभाविक रुपमा माध्यमिक तहको प्राविधिक जनशक्ति तयार गर्ने खालको कुरालाई सरकारले जोड दिएको छ । अर्कोतर्फ प्राविधिक धारका विश्वविद्यालयहरु स्थापना गर्ने प्रक्रियामा जोड दिएको छ । पछिल्लो समय मदन भण्डारी पोलिटेक्निक विश्वविद्यालयदेखि मदन भण्डारी विज्ञान प्राविधि विश्व विद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, कृषि विश्वविद्यालय जस्ता कुराहरु यो बीचका अवधिमा प्राविधिक शिक्षातर्फ नेपाल सरकारले जोड दिएको दृष्टान्तका रुपमा लिन सक्छौँ ।
निश्चित रुपमा हामीले यसलाई २० वर्षे कार्य योजनाका रुपमा अगाडि बढाएका छौँ । सामान्यतया भन्दा हामी ५-७ वर्षको अवधिमा हामीले नेपाललाई अल्पविकसित राष्टबाट विकाशोन्मुख राष्टका रुपमा ल्याउन सफल हुन्छौँ त्यो प्रक्रियमा नेपा प्रबेश गरि सकेको छ ।
विभिन्न विश्व विद्यालयहरुले पनि आफ्नो पाठ्यक्रम भित्र प्राविधिक धारहरु लाई पनि समावेश गर्ने गरेका छन् । यो क्रम पहिलेको तुलनामा थप महत्वका साथ अगाडि बढरहेका छन् । यसले स्वभाविक रुपमा हाम्रो मुलुकको विकासका सन्दर्भमा नयाँ खालको आधार तयार गर्छ भन्ने हाम्रो बिश्वास छ । त्यसका परिणामहरु आगामी दिनहरुमा देखा पर्छन ।
अर्कोतर्फ मुलुकको पूर्वाधार विकासको क्षेत्रमा हामीले एक प्रकारले माइल स्टोन प्रोजेक्टहरुलाई अगाडि बढाउने खालको कुराहरु गरिराखेका छौं । यसका बारेमा एक प्रकारले छलफल, बहस पनि चलिरहेको छ । खास गरी चारवटा पूर्व– पश्चिम राजमार्ग सात वटा उत्तर दक्षिण करिडोरहरु निर्माण भइरहेका छन् । त्यसपछि सदरमुकाम जोड्ने डेडिकेटेट रोडहरु निर्माण गर्दै सबै एयरपोर्टहरुलाई कालोपत्रे गर्ने योजना छ । ठूला एयरपोर्टहरु निर्माण गर्ने र रात्रीकालिन उडानहरु सम्भव बनाउने खालका कुराहरु यो बिचका अवधिमा भएका छन । अन्तराष्ट्रिय स्तरका एयरपोर्ट निर्माण गर्ने खालको प्रक्रिया सुरु भएको छ । अर्कोतर्फ यातायातकै सन्दर्भमा पनि रेल्वे यातायत र जल यातायतका सन्दर्भमा प्रक्रियाहरु अघि बढेका छन । जसले भविष्यमा हामी पूर्वाधारका विकासका क्षेत्रमा खास गरी यातायात पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण स्थान प्राप्त गर्ने अवस्थामा पुगेका छौँ ।
हामीले समृद्धिको आधार जलविद्युतलाई लिएका छौँ । जलविद्युतको विकासका सन्दर्भमा पनि हामी महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न सफल भएका छौँ । अब हामी विद्युत निर्यात गर्न सक्ने मुलुकको रुपमा नेपाललाई उभ्याउदै छौँ । यसले हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई सवल र सुदृढ बनाउने खालको काम गर्नेछ । यसै प्रकारले हामी अन्य विकासका पूर्वाधारका क्षेत्रमा पनि व्यवस्थित ढंगले अगाडि बढेका छौँ । रंगशाला निर्माण गर्ने, बहु विशेष सभाहरु भवनहरु बनाउने,व्यावसायिक सभा भवनहरु बनाउने यस्ता कुराहरुको तिब्रता पछिल्लो समय विकास भएको छ । जसले अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरा राष्ट्रिय अनुभवका आधारमा पनि बुझ्न सक्छौँ । त्यो दिशा तर्फ नेपाल प्रवेश गरि सकेको छ ।
समृद्ध नेपाल : सुखी नेपालीको नतिजा
निश्चित रुपमा हामीले यसलाई २० वर्षे कार्य योजनाका रुपमा अगाडि बढाएका छौँ । सामान्यतया भन्दा हामी ५-७ वर्षको अवधिमा हामीले नेपाललाई अल्पविकसित राष्टबाट विकाशोन्मुख राष्टका रुपमा ल्याउन सफल हुन्छौँ त्यो प्रक्रियमा नेपा प्रबेश गरि सकेको छ । त्यसपछि हामी २० वर्षे रणनितिका साथ अगाडि बढ्छौ । जस्तै हामीले भन्दै आएको समाजवादको आधार तयार गर्ने जुन उद्देश्य छ त्यो उद्देश्यलाई हामी हासिल गर्न सक्छौँ ।
(लुम्बिनी प्रदेशका मूख्यमन्त्री पोखरेलसँग चेतन अधिकारीले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया