कमरेड मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको एउटा उज्ज्वल नक्षत्र हो । उहाँले निष्ठापूर्वक नेपालको कम्युनिष्ट आन्दोलनमा पूर्णरूपमा सहयोग गर्नुभयो । जनताको बहुदलीय जनवादको रुपमा खासगरी जनवादी क्रान्तिका कार्यक्रमहरुलाई नेपालको मौलिकता विशेषतामा जोड्नुभयो ।
मदनसँगका मेरा दुई अनुभव
उहाँलाई मैले विद्यालय जीवनमा २०४६ सालको राजनीतिक पछि नै सुनेको देखेको हो । उहाँसँग मेरो एक दुईवटा अनुभवहरू छन् । त्यसमध्ये २०४८ सालको पहिलो संसद पछि रोल्पाबाट कृष्णबहादुर महरा र बर्मन बुढा निर्वाचित हुनुभयो । म पनि जिल्ला नेता थिएँ त्यतिखेर । नियमितजसो काठमाडौँ आउँदा संसदमा संसदीय गतिविधिहरु हेर्ने ,भाषण सुन्ने, नेताहरुसँग भेट्ने,अन्तरक्रिया गर्ने गर्दथें । त्यस क्रममा मैले खासगरी २०४८ सालको कर्मचारी आन्दोलनको बेला वाम पार्टीहरुले सबै कर्मचारीहरुलाई समर्थन गरेका थिए । यति खेर बढी चाहिँ कांग्रेसीकरण भयो सबैतिर भन्ने गुनासो थियो । त्यसको विरुद्धमा आवाज उठेको थियो । त्यसक्रममा उहाँका भाषणहरु, निर्देशनहरू, विभिन्न कार्यक्रमहरुमा सुन्ने र हेर्ने अवसर मिल्यो ।
त्यसैक्रममा गिरिजाप्रसाद कोइराला नेतृत्वमा अविश्वासको प्रस्ताव राखियो । सबै वामपन्थीले एकै ठाउँ मतदान गरे । वाम पार्टीहरूको ८२ मत थियो । अविश्वासको प्रस्ताव त फेल भयो । म पनि संसद भवन रमिता हेर्न गएको थिएँ । मतदान सकेर फर्कदा मदन भण्डारी, कृष्णबहादुर महराहरुसँगै फर्किंए म पनि । बाटोमा मदन कमरेडले भनेको एउटा कुरो सम्झना छ- ‘अविश्वासको प्रस्ताव फेल भए पनि यसले एउटा राजनीतिक महत्व राख्छ किनकि हामी सबै वामपन्थीहरु एक ठाउँमा उभियौं ।’
यही क्रममा संयुक्तरुपमा वाम आन्दोलनहरु भए त्यसक्रममा एकपटक सिंहदरबारमा धर्ना बस्ने कार्यक्रम थियो । मदन मनमोहन कमरेड हुनुहुन्थ्यो । तत्कालीन जनमोर्चाका अमिक शेरचन, महराजी, लिलामणीजी अनि हामी युवाहरु त्यो धर्नामा हामी वाम युवाहरु उठ्यौं । त्यतिखेर चाहिँ मूलढोकामा धर्ना बस्न पाइन्थ्यो । मूलढोकामा बिहान पख धर्ना बसियो र भित्र जानुपर्छ भनेर हामी युवाले हल्ला गर्यौं । त्यहाँ प्रहरीसँग अलिकति धक्का मुक्का भयो र पूरै गेट बन्द गरियो । सांसद र नेताहरु अगाडि युवाहरु चाहीं पछाडी लाग्यौं । त्यहाँ मनमोहन कमरेड र बर्मन कमरेडको घडी हराए । ति घडीहरु प्रहरीद्वारा लुटियो भन्ने लाग्यो । प्रहरीले लाठीचार्ज गर्यो त्यसपछि हामी युवाहरुले भद्रकाली तीरका सिमेन्टका ब्लगहरु निकाल्दै लखेट्दै उनीहरुलाई पनि गेटसम्म पुर्यायौं । त्यतिखेर चाहिँ मदन कमरेडको मिजासिलो, आँटिलोपना सबैभन्दा नजिकबाट देखेको । अरुचाहिँ खुल्लामञ्चमा भाषणहरु सभाहरू सुन्ने र हेर्ने गर्थें ।
कमरेड मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको एउटा उज्ज्वल नक्षत्र हो । उहाँले निष्ठापूर्वक नेपालको कम्युनिष्ट आन्दोलनमा पूर्णरूपमा सहयोग गर्नुभयो । जनताको बहुदलीय जनवादको रुपमा खासगरी जनवादी क्रान्तिका कार्यक्रमहरुलाई नेपालको मौलिकता विशेषतामा जोड्नुभयो ।
अर्को प्रसंग, २०५० साल जेठ ३ गते दुर्घटना भयो । म बी .एल. को जाँच दिँदै थिए काठमाडौंमा । एक दिन उपत्यका बन्द भयो । विरोध लम्बिएर तीन दिन भयो । सोह्रखुट्टेबाट कीर्तिपुरसम्म एकदिन हिँडेरै जाँच दिन गएँ । त्यो तीन दिन कै आन्दोलनमा म पनि सहभागी भएँ । आह्वान त एमालेको थियो तर हामी जनमोर्चा अहिलेको माओवादी निकट युवाहरु सबै विद्यार्थीहरु आन्दोलनमा निस्केका थियौं । प्रहरीले दमन गर्यो । ,राज्यले दमन गर्यो । , कर्फ्यु लगायो । मान्छे मा¥यो । मदनको मृत्यूले वाम आन्दोलनलाई क्षति गर्यो भनेर भावुक पनि बनायो । ति तीन दिनका बन्द हरुमा सक्रियतापूर्वक सहभागी भइयो । मदन भण्डारीको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन भनेर । तर यो बिषय आज सम्म गर्भ मै रह्यो ।
कम्यूनिष्ट आन्दोलनमा मदनको योगदान
उहाँ भएको भए कम्यूनिष्ट पार्टीहरुको एकीकरण अलि पहिला पनि हुनसक्थ्यो । अहिले भएको एकीकरण अगाडि जाने लचकता हुन्थ्यो होला भन्ने कल्पना गर्छु म । किनभने उहाँले सानो पार्टी मार्क्सवादीबाट आउनुभएका मनमोहन अधिकारीलाई अध्यक्ष र ठूलो पार्टी भए पनि आफू महासचिव बस्नु भयो । कमरेड मदन त्यत्रो विशाल आन्दोलनको नेता तर लो प्रोफाइलमा बस्नु भयो
नेपालमा कम्युनिष्ट आन्दोलनको प्रवाह हरुमा हेर्दाचाहिँ एउटा २०२४-०२५ सालतिर दोस्रो महाधिवेशन लगत्तै विवाद सुरु भयो । एउटा चौथो महाधिवेशन धारले केन्द्रीय न्यूक्लियस बनाएर सुरु गरेपछि चौथो महाधिवेशन हुन दिएन । एउटा माओवादीधार भयो । अर्को कमरेड पुष्पलालले ०२५ सालतिर गोरखपुर सम्मेलन गरेर नेकपाको पुनर्गठन र एकीकरण सुरु गर्नुभयो । त्यो धाराबाट मदन कमरेड आउनु भयो । अर्कोतिर ०२८ सालको झापा विद्रोहबाट पुनर्गठनको प्रक्रिया सुरु भयो । उहाँ आफैं पनि झापा आन्दोलनसँग जोडिनु भयो । कुनै न कुनै रुपले पुष्पलाल कमरेडको आन्दोलनको प्रवाह र झापा आन्दोलनको प्रवाह मिलेर माले बन्यो . नेकपा बन्दा तीन वटै मूलधारहरु खासगरी तेस्रो महाधिवेशन पछीको पुनर्गठन हुँदै मिलेर नेकपा बनेको ऐतिहासिक कुरा थियो हामीले बचाउन सकेनौ । तर पनि कुनै न कुनै रूपमा ऐतिहासिक एकताको झण्डालाई हामीले फेरी फहराउनै पर्दछ । त्यसो गर्दा मदन कमरेडले देखेको एकीकरणको सपना पनि पूरा हुन्छ .त्यसैगरी माओवादी आन्दोलनले सुरु गरेको एकीकरण मूलप्रवाहीकरण कुरा आउँछ । विभिन्न धारा प्रवाहमा रहेको कम्यूनिष्ट आन्दोलनलाई मौलिकताका साथ अघि बढाउने कार्यदिशाको रुपमा जनताको बहुदलीय जनवादलाई अगाडि सार्ने काम मदन भण्डारीले गर्नुभयो । अब पनि जनआधारित,लोकतान्त्रिक मुक्ति आन्दोलन मार्फत समाजवादी आन्दोलन अगाडि लैजानुपर्छ । यसो गर्दा कमरेड मदन भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा मौलिक रुपमा प्रयोग गर्न खोज्नुभएको मार्क्सवादलाई समृद्ध गर्ने र अरु विभिन्न आन्दोलनका प्रवाहहरुलाई पनि एकीकरण गर्ने मूल जिम्मेवारी पूरा हुन्छ । अहिले कमरेड मदनलाई सम्झिने, उहाँबाट प्रेरणा लिने र त्यसै अनुसार कम्यूनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्दछ भन्ने ठान्दछु ।
अहिले मदन भण्डारी भएको भए …..
कमरेड मदन एउटा क्रान्तिकारी प्रगतिशील देशभक्त हुनुहुन्थ्यो । अर्को चाहिँ राम्रो संगठक हुनुहुन्थ्यो । बृहत्तर हितका लागि उहाँले आफूलाई केन्द्रमा राखेर भन्दापनि पार्टीलाई केन्द्रमा राखेर आन्दोलन गर्नुहुन्थ्यो । उहाँ भएको भए कम्यूनिष्ट पार्टीहरुको एकीकरण अलि पहिला पनि हुनसक्थ्यो । अहिले भएको एकीकरण अगाडि जाने लचकता हुन्थ्यो होला भन्ने कल्पना गर्छु म । किनभने उहाँले सानो पार्टी मार्क्सवादीबाट आउनुभएका मनमोहन अधिकारीलाई अध्यक्ष र ठूलो पार्टी भए पनि आफू महासचिव बस्नु भयो । कमरेड मदन त्यत्रो विशाल आन्दोलनको नेता तर लो प्रोफाइलमा बस्नु भयो । विस्तारै मन जितेर लोकतान्त्रिक विधिबाट सबैले स्विकार्ने गरी पार्टीलाई अगाडि बढाउनुभयो ।
(नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री पुनसँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया