म त्यस्तै आठ/नौ वर्षको थिएँ । वुवा त्रैलोक्यनाथ भट्टराईले भन्नुभयो- आज भाषण सुन्न जाने । त्यति वेला पनि वुवा पार्टीका वैठकमा जाँदा म पनि पछयाउदै जान्थेंं । उत्सुकता पूर्वक सोधेँ ‘कसको भाषण वुवा ?’ वुवाले भन्नुभयो-‘सुन्छस् भने हिँड ।’
वुवाको पछि लागेर भाषण सुन्न हिँडे । एउटा घरको पीडिमा २५ जना जति भेला भएर गफ चुटेर वसेका थिए । मलाई लाग्यो भाषण गर्ने नेता आउदै होलान । एक छिनमा भित्रदेखि गीत वजाउने ठूलो क्यासेट रेडियो पो निकाले । एउटा क्यासेट चक्का हाले । अनि माथि वाट थिचे । सवैजना चुपचाप सुन्न थाल्यौ । जनतालाई जुरुक जुरुक उचाल्ने गरि भाषण गर्ने ब्यक्ति मदन भण्डारी हुँनोहुँदो रहेछ । उहाँले काठमाडौमा गरेको भाषणको रेकर्ड सुन्न पैसा उठाएर ब्याटी किनेर प्रवन्ध गरिएको रहेछ । मेरो जन्म थलो ताप्लेजुडको ढुगेसाँघु वडा नम्वर दुईको कुरा हो यो । भाषण सुनिसकेपछि वुवाले भन्नुभयो- ‘मदन कमरेड तेरो मावली घरदेखि मास्तिर जन्मनुभएको हो । मावल जाँदा घर देखाइदिउला । हाम्रो पारिवारिक सम्वन्ध पनि छ, उहिल्यै उहाँहरुको घरमा दशैमा धेरै पटक टीका लगाएको हामीले ।’
मेरो घरमा पाहुना लाग्न आउने, मलाई ज्ञानगुण सिकाउने मान्छे त मदन भण्डारी पो हुनु हुँदोरहेछ । मैले त्यसपछि लप्टनका मतियारहरूलाई ठिक गरें । किसानको धान जोगियो । पार्टीमा संगठित भएँ । मदनसँगै भूमिगत भए । उहाँ जहाँजहाँ जानुहुन्छ त्यहीँ त्यहीँ गए । एक किसिमले बडीगार्ड नै भए ।
पूर्वी पहाडी दुर्गम गाँउ ढुगेसाँघुको ठोटनेमा जन्मे हुर्केको एकजना ब्यक्तिको काठमाडौमा गरेको भाषण यसरी गाँउ गाँउमा सुनिदो रहेछ भन्ने थाहा पाउदा मेरो पनि गर्वले छाती ढक्क फुल्यो । ६९ वर्षअघि असार १४ गते ताप्लेजुडको ढुगेसाँघु गाविस वडा नम्वर नौ ठोटने भन्ने गाँउमा एक जना वच्चाको जन्म भएको थियो,त्यहि वच्चा ३५ वर्ष नपुग्दै पार्टीको महासचिव र ४० बर्ष नपुग्दै नेपालमा मात्र होइन विश्वमानै चर्चित वन्न सफल भयो । देशका लागि कसैले केहि गर्छ भने यहि ब्यक्तिले गर्छ भन्ने लाखौ नेपालीको मनमा आशाको विजारोपण गर्न सफल भयो । अमेरिकाको प्रसिद्ध एक पत्रिका न्यूजवीकले त नेपालमा कालमाक्र्स अझै जीवितै शिर्षकमा मदन भण्डारीको अन्तर्वार्ता नै छाप्यो ।
अन्तरिम कालका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई संसदीय निर्वाचनमा पराजीत गरेपछि अमेरिकी पत्रकार मिकेल लिटविनले मदन भण्डारीको अन्र्तवार्ता लिनुभएको थियो । २०४८ जेठ १२ गते अमेरिकाको प्रसिद्ध न्यूज विकमा त्यो अन्तर्वार्ता नेपाल जहाँ कालमाक्र्स जीवित छन शिर्षकमा छापियो । सोभियत समाजवादको असफलतापछि कम्यूनिष्ट आन्दोलनको सान्र्दभिकता सकियो भनेर विश्वभर चर्चा चलिरहेको थियो । नेपालको कम्यूनिष्ट आन्दोलनपनि कुहिरोको काग जस्तै वनिरहेको थियो । कम्यूनिष्ट आन्दोलन जडताबाट मुक्ति पाउन छटपटाइरहेको थियो ।त्यस्तो वेलामा जननेता भण्डारीले माक्र्सवादको सृजनात्मक प्रयोग गरी जनताको वहुदलीय जनवाद नामक नविन बिचार प्रतिपादन गरेर कम्यूनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्नुभयो ।
विश्वको कम्यूनिष्ट आन्दोलनलाई नै समयसापेक्ष नयाँ वाटो देखाउन नेपालको एक जना नविन विचारक सफल हुनुभयो । कम्यूनिष्ट आन्दोलनलाई नयाँ धारवाट हिडाउन सफल ब्यक्ति मदन भण्डारी जसले २०४७ साल तिरै तत्कालिन राजा वीरेन्द्रलाई खुल्ला चुनौती दिनुभएको थियो । उहाँले राजनीति गर्न मन भए श्रीपेच फुकालेर आउन खुलम खुल्ला हाँक प्रस्तुत गर्नुभएको थियो । तीनै चुनौती दिने ब्यक्ति मदन भण्डारीको निधनमा राजा वीरेन्द्रले सिद्धान्तनिष्ठ नेता भनेर प्रसँसा गर्नुभएको थियो ।सर्वोच्च नेता गणेमान सिंहले पनि उहाँलाई सवैभन्दा असल नेता भनेर सम्मान जनाउनुभएको थियो । वन्दुकको नालवाट मात्र राज्य सत्ता कब्जा गर्न सकिन्छ भनेर विश्वास गर्ने नेकपा माओवादी केन्द्र पनि लोकतान्त्रिक धार अर्थात मदन भण्डारीले प्रतिपादन गरेको जवजकै धारमा हिडिरहेको छ । एकजना नेता जसको निधन भएको २८ वर्षभयो तर देशका जनता अझै प्रश्न गर्न छाडेका छैनन मदन भण्डारी भएको भए? आखिर मदन भण्डारीमा त्यस्तो के थियो जसले उहाँलाई नेपाली कम्यूनिष्ट आन्दोलनको एउटा शिर्ष नेताको रुपमा दर्ज ग¥यो । मैले मदन भण्डारीलाई नजिकबाट चिन्ने,वालसखा,आफन्त र त्यो वेला उहाँसगै काम गरेका नेता कार्यकर्ताहरु सँग वुझने कोशिष गरेको छु ।
मदन भण्डारी सँगसँगै हुर्कनुभएका मधुसुदन न्यौपाने भण्डारीका वालसखा हुनुहुन्छ । उहाँहरु ताप्लेजुडको ढुगेसाँघुमै जन्मनुभएको हो ।पछि २०३३ देखि ३९ सम्म मोरङ जिल्ला कमिटिमा रहेर काम पनि गर्नुभयो । न्यौपानेका अनुसार मदन भण्डारी सानै देखि तेज दिमागको हुनुहुन्थ्यो । उहाँ सानो छदा ढुँगेसाँघुको ठोटने गाँउमा उहाँका वाहुनदाजु छत्रपति पौडेलले चण्डीका श्लोक सिकाउनुहुन्यो । एकपटक पढेर सुनाएर ‘लु वेलुका सम्ममा यतिआउदो पार’ भनेर आफनो काममा जानुहुथ्यो । केही समय पछिनै घर आउदा मदनले फर्रर सुनाउनुहुन्थ्यो । अघिल्लो दिन दिएको पाठ पनि पुरै सुनाउनुहुन्थ्यो । दिनदिनै यो क्रम चल्यो । मदनले दुर्गा कवजदेखि पुरै फर्रर पढेर सुनाउन सक्ने सक्नुभयो । धेरै पछि मात्र वाहुनदाजुले थाहा पाउनुभयो त्यति वेला मदनले अक्षरनै चिनेको रहेनछ । सुनेकै भरमा कठिन श्लोक पनि कण्ठस्त गर्ने खुवी थियो उहाँमा ।
मदन भण्डारी इमान्दारिता कुनै पनि हालतमा चुकाउनुहुदैन भन्ने नेता हुनुहुन्थ्यो भण्डारी । न्यौपाने भूमिगत कालको एउटा घटना सम्झनुहुन्छ- भूमिगत कालमा मोरगका एकजना स्थानीयस्तरका कम्यूनिष्ट नेताले आज मैले चिया पसलमा चिया खाए,तर भीडभाड भएकाले पैसा नदिई हिडे भनेर सुनाउनुभयो । त्यो सुनेर मदन निक्कै रिसाउनुभयो अनि उहाँले भन्नुभयो, तपाईसँग छैन भने पार्टीको कोषमा रकम छ,तिरेर आउनुस ।तपाई हामी कम्यूनिष्ट आफूलाई सवैभन्दा ईमान्दार भन्छौ,यहि बलमा सँगठन विस्तार भईरहेको छ । तपाईले अहिले पैसा नदिएको चिया पसलेले भरे सम्झन्छ अनि तपाईलाई कुन रुपमा हेर्छ ? अरु सँग कुरा गर्छ,अनि तपाईको इज्जत कहाँ जान्छ ? त्यसैले कम्यूनिष्ट कार्यकर्ताले अरुलाई झुक्याएर छक्याएर आफू नराम्रो हुने काम गर्नै हुदैन । त्यसले ब्यक्तिलाइ मात्र होईन पार्टीलाई पनि ठूलो हानी पुग्छ ।
मदन भण्डारीको लामो सामिप्यतामा रहेका एमाले केन्द्रिय सदस्य गुरु वराल केहि घटनाहरु वाट मदन भण्डारीसँग अत्यन्तै प्रभावित हुनुभएको छ । कुरा २०२९ सालतिरको हो त्यो वेला वराल महेन्द्र क्यामपस धरानमा पढनुहुन्थ्यो । मोरङको गछियामा सामन्ती दमन भयो भनेर उहाँले त्यो दमन विरुद्ध लडन धरानवाट एक हुल विद्यार्थी लिएर गछिया पुग्नुभयो । गछिया आइपुगेको आधा घण्टा नहुदै स्थानीयले उहाँहरुलाई लखेटे । सँयोगले कतै वाट त्यहि वाटो हुदै आउदै गरेका मदन भण्डारीले त्यो सवै देख्नुभएछ । गछिया पुल पश्चिम गुरु वरालसँग भेटेर भण्डारीले भन्नुभएछ आज के गर्नुभएको ? यस वाट के उपलब्धि भयो ? वरालले भन्नुभयो अत्याचारका विरुद्ध आवाज उठाउने प्रयास गरेका हौ । तपाईंहरुको प्रयास त आधा घण्टा पनि टिक्न सकेन नी भन्दै भण्डारीले सम्झाउनुभएछ- स्थानीयवासीलाई परिचालन नगरि वाहिरबाट मान्छे ल्याएको भरमा कहिल्यै पनि आन्दोलन सफल हुदैन । स्थानीय जनता विनाका आन्दोलन कहिल्यै पनि सफल भएका छैनन् ।
नेकपा एमालेका प्रदेश अध्यक्ष देवराज घिमिरे मदन भण्डारीलाई अत्यन्तै ब्यवहारिक र हरेक घटनालाई वस्तुनिष्ठ ढंगले ब्याख्या गरेर समस्या समाधान गर्ने अदभूत क्षमता रहेको वताउनुहुन्छ । उहाँका अनुसार मदन भण्डारीलाई २०३७ सालको चैत तिर मेची स्तरीय प्रशिक्षण कार्यक्रममा झापा लिएर जानु पर्ने भयो ।
बसमा जाँदा अगाडीको सिटमा बस्नु म तिर नहेर्नु भाडा आफलेै तिर्नु भन्नुभयो त्यसै गरयौं कसैले शंका गर्ने कुरै भएन ।वस वाट उत्रिएपछि पिसाब लागेर निक्कै पर गए छल्लिएर पिसाब गरेँ । मदन कमरेडले भन्नुभयो ‘तराईमा गएर टाढा गएर छेल्लिएर पिसाव फेरे पक्राउ खाइन्छ । प्रहरीले वुझिहाल्छ कि यो यतातिरको मान्छे होइन । पहाडमा नजिकै पिसाव फेरे पक्राउ खाइन्छ ।’ जहिले पनि ख्याल गर्नुपर्ने हुन्छ । प्रशिक्षणमा प्रहरीले घेरावन्दी गर्यो । मदन कमरेडले तत्काल घेरावन्दीबाट यसरी सहज ढंगले निस्केर जाने उपाय बताउनुभयो । हामी सवैले सजिलै घेरावन्दी तोड्यौँ । यस्तै ०४० सालतिर एकजना भूमिगत महिला कार्यकर्ता गम्भिर विरामी हुनुहुन्थ्यो । बिभिन्न ठाँउमा पार्टीले नै लगेर उपचार गराउदा पनि ठीक भएन । त्यो वेला मदन भण्डारी विराटनरमै वस्नुहुन्थ्यो । उहाँको उपचार कसरी गर्ने गम्भिर छलफल भयो । मदन कमरेडले भन्नुभयो भूमिगत कार्यकर्ताको उपचार गराउने यो तरिका भएन । जहाँ लगिन्छ सम्पर्क सेल्टर सबै खुल्ने स्थिति भयो कठिन निर्णय लिनुपर्छ अव आफन्तकोमा लगेर जे ब्यहोर्नुपर्छ पक्राउ भए पनि पक्राउ खानुपर्छ घरपरिवारसँग सल्लाह गरेर एक जनाले जिम्मा लिएर उपचार गराउनुपर्यो भनेर सहज उपाय निकाल्नुभयो ।
भूमिगत कालमा मदन भण्डारीसँग लामै समय सँगसगै हिडेका एमाले नेता ओम कोइराला मदन भण्डारीको तत्काल निर्णय लिने क्षमता वाट निक्कै प्रभावित हुनुहुन्छ । एक पटक कतैबाट उहाँहरु दुईजना इटहरीको नौ नम्वर हुदै इटहरी चौकतर्फ आउदैहुनुहुन्थ्यो । पर पुलिस देखिए । पार्टीका महत्वपूर्ण दस्तावेज वोकेका कोइराला पुलिस देखेपछि निक्कै आत्तिनुभयो । तर भण्डारीले संयमित वनाउनुभयो । उहाँले भन्नुभएछ यो ठाँउका वासिन्दा खुल्ला ठाँउमा गालामा हात लगाएर सौच गर्छन हामी पनि त्यसै गरेर वसौ । दुवै जना गालामा हात लगाएर शौच गरेजस्तो गरेर वस्नुभएछ । प्रहरीहरु त्यो देखेर पर परैवाट अन्तै गएछन ।
एमालेका अर्का नेता सर्वध्वज साँवा मदन भण्डारीलाई असल कम्यूनिष्ट उत्पादन गर्ने ब्यक्तिका रुपमा सम्झनुहुन्छ । उहाँ पनि भूमिगत कालमा भण्डारीको अत्यन्तै छिटो निर्णय लिने क्षमता वाट प्रभावित हुनुहुन्छ । २०३७ सालतिरको कुरा हो मधेली सुनसरी मोरङका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रम थियो । दुवै जिल्लाका गरी २७ जनालाई भण्डारीले प्रशिक्षण दिदैहुनुहुन्थ्यो । त्यति वेला त्यहाँको सँगठक अहिलेका प्रदेश सांसद सर्वध्वज साँवा हुनुहुन्थ्यो । उहाँलेनै सुरक्षाको प्रवन्ध मिलाउनुभएको थियो । त्यो वेला पार्टीले सुरक्षाका लागि घरेलु हात हतियार पनि भेला पारेको थियो । उहाँसँग दुईवटा पेस्तोल र एउटा कटुवा वन्दुक थियो । तर गोली थिएन ।
म भोजपुरबाट ०२८ सालमा इटहरा आएको हुँ । मदन र हाम्रो घर दुई मिनेट को फरकमा थियो । भर्खर झोडा फाँडेर बसेका, कोही कसैसँग चिरजान थिएन । विस्तारै चिनजान हुँदै गयो । आनीबानी जानिँदै गयो ।
गुरु वरालले कतैबाट दुइ वटा गोली ल्याइदिनुभएको थियो । सुरक्षाको प्रवन्ध हेरिरहनुभएका साँवालाई खसखस लाग्यो यो खिया परेको पेस्तोलमा यो गोलीले काम गर्छ गर्दैन ? काम गर्दैन होला भन्ठानेर एउटा शिशौको रुखमा ताकेर हान्नुभएको त डयाम्म्म आवाज गरेर पडकिहाल्यो । एक मिनेट नवित्तै प्रशिक्षण स्थलमा पुग्दा उहाँ छक्क पर्नुभयो शत्रुले घेरा हालेको ठानेर त्यति छिटटै चार समूह वनाएर शत्रुको घेरा तोडने योजना सहित सवै जना शैनिक पोजिसनमा तयार । पछि साँवाले सवै वताउनुभो उहाँको आलोचना भयो,उहाँले आत्मालोचना गर्नुभयो । तुरुन्तै सँगठित र निर्देशित गर्न सक्ने भण्डारीको त्यो क्षमतावाट साँवा मज्जाले प्रभावित हुनुभयो ।
भूमिगत कालमा उहाँसग विताएका यी रोचक प्रसँगहरुले पनि मदन भण्डारीको ब्यक्तित्वको एउटा पाटो प्रतिविम्वित गर्छ । कम्यूनिष्ट आन्दोलनका यी लोकप्रिय नेता मदन भण्डारी जसको क्षमता वाट विश्व प्रभावित भयो । उहाँकै विचार अनुरुप नेपालको सवैभन्दा ठूलो कम्यूनिष्ट पार्टी नेकपा एमाले अघिवढेको छ । उहाँको विचारलाई मार्गनिर्देशक सिद्धान्त मात्र मान्ने कि व्यवहारमै उतार्ने यो कुरा एमालेजनहरुका लागि गम्भिर प्रश्नका रुपमा खडा भएको छ । जनताको वहुदलीय जनवाद खोपीमा राखेका देउतालाई पूजा गर्दा गाउने भजन पक्कै होइन । जनताको वहुदलीय जनवाद नेता, कार्यकर्ताको ब्यवहारमा,जनताको अनुहारमा, गाँउको विकासमा अनि देशको समुन्नतीमा प्रतिविम्वित हुनुपर्छ ।
प्रतिक्रिया