अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना संक्रमण


कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उहाँलाई संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार मुख्यमन्त्री भट्टको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउँदा मुख्यमन्त्री भट्टको रिपोर्ट पोजिटिभ आएको स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको छ ।