अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदमुक्त भएका जसपाका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

पदमुक्त भएका जसपाका चार सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश


काठमाडौं- सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका चार मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्ने आदेश दिएको छ ।

आज न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो ।

जसपाको उपेन्द्र यादव समूहले गरेको एकपक्षीय कारवाहीका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गर्नु भएको थियो ।