अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीमा नयाँ नियुक्तिपछिको मन्त्रिपरिषद्को बैठक जारी

प्रधानमन्त्रीमा नयाँ नियुक्तिपछिको मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं- प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

आजको बैठकमा कोरोना संक्रमण नियन्त्रण गर्नका लागि महत्वपूर्ण निर्णय हुने सम्भावना छ । साथै, बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भइरहेको बताइएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्याकालका लागि गत वैशाख ३० गते नियुक्त गर्नुभएको थियो ।