अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाउँपालिका अध्यक्ष यादवलाई थुनामा पठाउन आदेश

गाउँपालिका अध्यक्ष यादवलाई थुनामा पठाउन आदेश


सुनसरी- एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।

जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनुभयो ।

अभियुक्त यादव गत वैशाख ८ गते धरान-भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए ।