अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपनिर्वाचन : बादललाई मत दिन महासचिव पोखरेलद्वारा ह्वीप जारी

राष्ट्रियसभा उपनिर्वाचन : बादललाई मत दिन महासचिव पोखरेलद्वारा ह्वीप जारी


काठमाडौं- नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई मत दिन ह्वीप जारी गर्नु भएको छ ।

बागमतीमा एमालेको तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा (बादल)लार्य मत दिन उहाँले प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई ह्वीप जारी गर्नु भएको हो ।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापामगर भएको जानकारी गराईन्छ,’ पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९:०० बजे देखि १५:०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु ।’