अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तकोशी नगरपालिकाकी उपमेयरको कोरोना संक्रमणले मृत्यु

सप्तकोशी नगरपालिकाकी उपमेयरको कोरोना संक्रमणले मृत्यु


सप्तरी– सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नगरपालिकाका प्रवक्ता महानन्द चौधरीका अनुसार चौधरीको मंगलबार बिहान ४ बजेतिर विराटनगरमा मृत्यु भएको हो ।

एकसाता अघि अस्पताल भर्ना भएकी ४० वर्षीय चौधरी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।