काठमाडौं– निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अस्पताल सहित उपत्यकाका सबै सरकारी अस्पतालहरु, धुलिखेल अस्पताल लगायतका सामुदायिक अस्पतालहरु एवं निजी अस्पतालमा गरी कुल २३८६ वटा आइसोलेसन बेड रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल १६३६ जनामात्रै बिरामीहरु आइसोलेसनमा छन् ।
आर्इसीयू, आइसोलेसन बेड र भेन्टिलेटर सहित कुल ३०५२ वटा बेडको क्षमता रहेका अस्पतालहरुमा कुल २०१२ जना बिरामी मात्रै राखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म होम आइसोलेसनमा देशभर एक लाख ६ हजार ५१० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ९७० जना, आईसीयूमा १२५९ जना र भेन्टिलेटरमा ४०० जना बिरामी रहेको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया