अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलको आँखा निको भएपछि आज एमाले कार्यदलको बैठक

भीम रावलको आँखा निको भएपछि आज एमाले कार्यदलको बैठक


काठमाडौं- भीम रावलको आँखाको समस्या निको भएपछि नेकपा एमालेको विवाद मिलाउनका लागि आज कार्यदलको बैठक बस्दैछ ।

एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङका अनुसार आज तीन बजे सिंहदरबारमा बैठक बस्दैछ । ‘हामीलाई दिएको कार्यादेश अनुसार छलफल गरेर सहमतीको विन्दु पहिचान गरी प्रधानमन्त्री र माधव कमरेडलाई बुझाउँछौं,’ कार्यदलका एक नेताले नेपाली बहस डटकमसँग भन्नुभयो, ‘छलफलका बीचमा आवश्यकता अनुसार हामी नेता कमरेडहरुसँग पनि परामर्श गर्छौं ।’

तीन दिन अघि गठन भएको कार्यदलमा प्रधानमन्त्रीका पक्षबाट नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ । यस्तै माधव पक्षबाट रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनुहुन्छ ।

कार्यदलको बैठक हिजै बस्ने भनिए पनि नेता रावलको आँखामा समस्या भएकोले स्थगित भएको थियो ।