अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफूलाई भोट दिन आग्रह गर्न बादल नेपाल निवासमा

आफूलाई भोट दिन आग्रह गर्न बादल नेपाल निवासमा


काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिवास पुग्नु भएको छ ।

आउँदो बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई सहयोग गर्न आग्रहका लागि बादल नेपालनिवास कोटेश्वर पुग्नुभएको हो ।

गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार अहिले नेता नेपाल र मन्त्री थापाबीच भेटवार्ता जारी छ ।

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेले गृहमन्त्रीसमेत रहनुभएका बादललाई उम्मेदवार बनाएको छ ।

प्रदेश ३ को राजधानी हेटौंडामा हुने उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेका नेता नेपालको गठबन्धनमा कलम चिन्हमा डा. खिमलाल देवकोटा उम्मेदवार बन्नुभएको थियो ।

तर, पछिल्लो समय नेपाल समूह कांग्रेस र माओवादीको गठबन्धनबाट बाहिरिसकेको छ । नेपाल समूहको मत आफ्नो पक्षामा पार्न सुनिश्चितताका लागि बादल नेता नेपालनिवास पुग्नुभएको हो ।