अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन वर्षपछि एमालेले पुन: सुरू गर्‍यो नवयुगको प्रकाशन

तीन वर्षपछि एमालेले पुन: सुरू गर्‍यो नवयुगको प्रकाशन


काठमाडौं- नेकपा एमालेको मुखपत्र नवायुगको प्रकाशन पुनः सुरू भएको छ ।

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता भएपछि बन्द भएको नयवयुग मासिक पुनः प्रकाशन सुरू गरिएको पार्टीको प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

तीन दशकअघिबाट नियमित प्रकाशन भएको यो विचारमूलक म्यागेजिन अब नियमित प्रकाशन हुने थापाले बताउनुभयो ।

गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले माओवादी केन्द्रको एकतालाई भंग गरेपछि नवयुग पुनः प्रकाशनको तयारी गरिएको थियो ।

यस अंकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको मूल आलेख ‘आजको कार्यभार पार्टी सुदृढीकरण, समृद्धि निर्वाचनको तयारी’ शीर्षकमा प्रकाशन भएको छ । यसैगरी, गृहमन्त्री एवं पार्टीका स्थायी समिति सदस्य रामबहादुर थापा बादलको विशेष अन्तर्वार्ता पनि प्रकाशित छ ।

नवयुगको प्रधानसम्पादकमा प्रचार विभाग प्रमुख एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सम्पादकमा उपप्रमुख सूर्य थापा हुनुहुन्छ ।

पत्रिकामा पछिल्ला राजनतिक घटनाक्रम, संस्थागत निर्णय, विगत तीन वर्षका संग्रहणीय दस्तावेज र महत्वपूर्ण सामग्रीहरू पनि समेटिएको थापाले जानकारी दिनुभयो ।