अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महन्थ-उपेन्द्रको संयुक्त वक्तव्य : ‘पार्टीको नेतृत्वमा सरकार बन्ने भए मात्र सरकारमा जान्छौं’

महन्थ-उपेन्द्रको संयुक्त वक्तव्य : ‘पार्टीको नेतृत्वमा सरकार बन्ने भए मात्र सरकारमा जान्छौं’


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ती जारी गर्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने भए मात्र सरकारमा जाने बताउनुभएको छ ।

लामो समयदेखिको असमझदारी अन्त्यसहित मंगलबार ८ बुँदे विज्ञप्ती जारी गर्दै अध्यक्षद्वय ठाकुर र यादवले तत्काल आफ्नो पार्टी सरकारमा सहभागी नभएर प्रतिपक्षमा बस्ने धारणा राख्नुभएको हो ।

देशको वैकल्पिक पार्टीको रूपमा आफूहरू एकता प्रक्रियामै रहेको र जसपामा कुनै गुटरउपगुटलाई स्थापित हुन नदिने बताउनुभएको छ ।